Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तद्धारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

२०७७ जेष्ठ ५ गते

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सम्र्पुण (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बिमा गरेको छ । संसथाले हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलियको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बिमा गरेको हो ।
संस्थाले प्रभु इन्स्योरेन्स मार्फत कोरोना बीमा गराएको हो । बीमा भए पश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने वित्तीय संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा” भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५५ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब रु. २ अर्ब ३१ करोड कर्जा लगानीमा रहेको छ भने सदस्यहरुबाट ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Ad