Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा मौद्रिक नीतिको प्रभाव : २७ अंकले बढ्यो बजार, झन्डै डेढ अर्बको कारोबार

२०७३ असार ३० गते
सेयर:

nepseमौद्रिक नीति कुरेर बसेका लगानीकर्ताले विहीबार खुलेर कारोबार गरेका छन् । विहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । जसको प्रभाव शेयर बजारमा देखिएको हो । विहीबार १ अर्ब ४६ अर्ब ७८ लाख ५३ हजार ८ सय ६३ रुपैयाँको शेयर कारोबार भएको छ भने नेप्से परिसूचक २७.७२ अंकले बढेर १७१८.१५ अंकमा पुगेको छ । सबै समूह उकालो लागेको बजारमा सबैभन्दा धेरै कारोबार जलविद्युत् लगानी तथा विकास कोष र फस्र्ट माइक्रोफाइनान्सको क्रमशः १६ करोड र १३ करोडमाथिको कारोबार भएको छ । पूर्णिमा विकास बैंक, ओरियन्टल होटल र सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । जलविद्युत् लगानी तथा विकास कोष, माछापूछ्रे बैंक, नेरुड लघुवित्त, साना किसान विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा पोखरा फाइनान्स प्रोमोटर शेयर, मनास्लु विकास बैंक लगायत छन् ।