May 14th, 2020

तेस्रो त्रैमासमा कुन बैंकले कति कमाए ? कसको अबस्था कस्तो ?

 

बैंकिङ खबर । सम्पूर्ण वाणिज्य बैंकहरुले तेस्रो त्रैमासको अबस्था सार्वजनिक गरेका छन् । लकडाउनको अबस्था र कारोबारका मन्दी आएका कारण अधिकाँस बैंकहले नाफा घटाएका छन् । बैंकहरुका अन्य सुचांकमा त्यति फरक परेको देखिँदैन । तर अर्को त्रैमासमा भने बैंकहरुको रिपार्ट नकारात्मक आउने संकेत देखिएको छ । हेरौं चैत मसान्तसम्मको बैंकहरुको आम्दानी रिपोर्ट

नबिल बैंक
नबिल बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफामा केही गीरावट आएको छ । गत वर्ष ३ अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको यस बैंकले यस वर्ष घटेर ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँमा सीमीत भएको छ ।  १० अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको हाल १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने बैंकको कर्जा लगानी १ खर्ब ४९ अर्ब छ ।

नेपाल बंगलादेश बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले १ अर्र्ब रुपैयाँ नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा २८ करोड रुपैयाँ रहेको छ । बैंकले ६३ अर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।

माछापुच्छ्रे बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे्र बैंकले १ अर्ब १५ करोड ३५ लाखभन्दा बढी नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने १८ करोड ८२ लाख रुपैयाँ रहेको छ । ९९ अर्ब ८५ करोड निक्षेप संकलन गरेका बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको १८.३९ प्रतिशेयर आम्दानी रहेको छ ।

सिभिल बैंक
सिभिल बैंकको नाफा तेस्रो त्रैमासमा ३६ करोड ५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । बैंकको वितरण योग्य नाफा पनि १९ करोड ७ लाख ३३ हजार रुपैयाँ ऋणात्मक नै रहेको छ । बैंकले ४९ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । बैंकको प्रतिसेयर आम्दानी ६.१ र प्रतिसेयर नेटवर्थ १ सय २४.६४ रुपैयाँ रहेको छ ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकले १ अर्ब १६ करोड ५८ लाख भन्दा बढी नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा ३० करोड ५३ लाख २९ हजार छ भने ६६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन रहेको छ । बैंकको सञ्चालन मुनाफा ६० करोड ६२ लाख रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले १ अर्ब ९ करोड १२ लाख भन्दा बढी नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको भने सञ्चालन नाफा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १६.८७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४५.७७ रुपैयाँ रहेको छ ।

प्राइम कमर्सीयल बैंक
प्राइम कमर्सीयल बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २ अर्ब ३ करोड ६ लाख भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा ६४ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ भने ३ अर्ब ३४ करोड ८ लाखे खुद ब्याज आम्दानी रहेको छ । यस्तै, बैंकको सञ्चालन मुनाफा १ अर्ब ४ करोड २५ लाख भन्दा बढी रहेको छ । १ खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको प्रतिशेयर आम्दानी १९.३६ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूकोे तेस्रो त्रैमासमा बैंकले ८७ करोड ३४ लाख भन्दा बढी नाफा आर्जन गरेको छ । यस बैंकको वितरणयोग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रहेको बैंकको सञ्चालन नाफा भने १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँ रहेको छ । ८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको प्रतिशेयर आम्दानी १३.६३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले यस वर्ष ९१ करोड ५७ लाख भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी २ अर्ब २५ करोड १५ लाख ८५ हजार भएको छ । यस्तै, बंैकको सञ्चालन मुनाफा १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।  ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकको १४.५१ रुपैयाँ प्रतिशेयर आम्दानी छ भने १२९.७२ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ । ( सबैभन्दा बढी प्रतिशेयर आम्दानी सेञ्चुरी कमर्सियल बैंकको रहेको छ । )

हिमालयन बैंक
हिमालयन बैंकको नाफा २ अर्ब ३१ करोड १७ लाख भन्दा बढी आएको छ । बैंकको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैया छ भने १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको ३२ रुपैयाँ ९६ पैसा प्रतिशेयर आम्दानी छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा रहेको छ ।

मेगा बैंक
यो बैंकले १ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा भने ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ रहेको बैंकले ८५ अर्ब ७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब १८ करोड ३३ लाख रुपैयाको खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको प्रति शेयर आम्दानी १८.८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ३२.१९ रुपैयाँ रहेको छ ।

नेपाल बैंक
नेपाल बैंकको त्रैमासको विवरणअनुसार बैंकले १ अर्ब ९९ करोड ६५ लाख भन्दा बढी नाफा कमाएको छ । यस बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी ऋणात्मक देखिएको छ छ । बैंकले १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब माथि खुद ब्याज आम्दानी गरेको छ । यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब ६५ करोड ५ लाख छ भने बैंकको प्रतिशेयर आम्दानी २७.१३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २९६.६३ रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४९ करोड ५५ लाख नाफा कमाएको छ ।
बैंकको वितरणयोग्य नाफा २४ करोड ७१ लाख रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।
१ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको प्रतिशेयर आम्दानी २३.३८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १ सय ९० रुपैयाँ रहेको छ ।

एनएमबि बैंक
एनएमबि बैंकको तेस्रो वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफामा यो बैंक पनि खुम्चिन पुगेको गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख रुपैयाँ रहेकामा हाल ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ । तर बैंकले चैत मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ ब्याज आम्दानी बढेका कारण नाफामा वृद्धि भएको देखिन्छ ।

ग्लोबल आइएमई बैंक
जनतालाई मर्ज गरेको ग्लोबल आइएमई बैंकले यस वर्ष राम्रो कमाएको छ । बैंकको तेस्रो वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले यो वर्ष ६ अर्ब ३३ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको छ ।  बैंककोे वितरणयोग्य नाफा ५७ करोड ९५ लाख ५ हजार रुपैयाँ छ । बैंकले यस वर्ष २ खर्ब १ अर्ब ५९ करोड ६९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ९५ अर्ब १८ करोड ८४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

कुमारी बैंक
कुमारी बैंक लिमिटेडले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आ.व. २०७६÷७७ को तेस्रो त्रैमासमा १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३२ लाख रुपैयाँभन्दा बढी थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ४ करोड ५० लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । यस वर्ष बैंकले ८५ अर्ब ५० करोड ६७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको जनाएको छ भने ८९ अर्ब ७० करोड ५० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी १४ दशमलव १३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६५ रुपैयाँ रहेको छ ।

एन आई सी एशिया बैंक
एन आई सी एशियो बैंकको तेस्रो वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै, बैंकले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२५ ( ३८ करोड) ले वृद्धि गरी ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १०५ ( २६ करोड) को वृद्धि सहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो । यस आ.व.को तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्बले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १९६ अर्ब पुर्याउन बैंक सफल भएको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यस वर्ष २ अर्ब ४ करोड रुपैयाँभन्दा बढी नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७ दशमलव ७८ प्रतिशत कम भएको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा २ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २.४५ प्रतिशत घटेको छ भने खुद ब्याज आम्दानी पनि १७.७३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने १ अर्ब २५ करोड भन्दा बढी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३२ दशमलव ११ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यस वर्ष १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ५ दशमलव ८६ प्रतिशत बढेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ९६ लाख बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा ३.१२ प्रतिशत बढको छ भने खुद ब्याज आम्दानी पनि १८.८६ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ४१ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३२ दशमलव ११ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकले ९७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ भने ९० अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रभु बैंक
प्रभु बैंकको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको हो। गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ७७ करोड ४९ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । यस वर्ष बैंकले १ खर्ब १८ अर्ब रुपैयाँको बढी निक्षेप संकलन गरेको जनाएको छ भने ९९ अर्ब ३९ करोड बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी १९ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६९ पैसा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आ.व. २०७६र७७ को तेस्रो त्रैमाससम्ममा करिब ७ अर्ब खुद ब्याज आम्दानी गरेको जनाएको छ । बैंकको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १५.२५ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा ४ अर्ब १६ करोड रहेको छ भने यस वर्ष बैंकले २ खर्ब ४५ करोड रुपैयाँको निक्षेप संकलन गरेको जनाएको छ यस्तै एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी ४४ रुपैयाँ ९६ पैसा रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा र प्रतिशेयर आम्दानी बणएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले गत आवको सोही अवधिको तुलनामा ६ करोड ८१ लाख रुपैयाँ बढी अर्थात १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको मूल्य आम्दानी अनुपात १९.६७ गुणा कायम रहेको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रहेको छ । ४ अर्ब ३४ करोड रुपैयाँ भन्दाबढी खुद ब्याज आम्दानी गरेको यस बैंकको वितरणयोग्य नाफा भने ९४ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रहेको बैंकको हाल ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३७.३ रुपैयाँ रहेको छ ।

सानिमा बैंक
सानिमा बैंकले १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ । २ अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकको ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ चुक्तापूँजी रहेको छ । बैंकले यस वर्ष १ खर्ब ८० करोड ६५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ११ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २४.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४४.२४ रुपैयाँ रहेको छ ।

सनराइज बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराइज बैंकको नाफा ९८ करोड ५२ लाख रुपैयाँमा मात्र भएको छ । बैंकको वितरण योग्य नाफा पनि १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ । बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १३.०६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१.९९ रुपैयाँ रहेको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस्तै, बैंकको वितरण योग्य नाफा १० करोड ४३ लाख ९१ हजार रुपैयाँ रहेको छ । यस वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब ४ करोड ९१ लाख भन्दा बढी रहेको छ । यस बैंकको चुक्तापूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रहेको छ भने १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ४१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.७२ रुपैयाँ छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा भने ऋणात्मक देखिएको छ । बैंकको वितरण योग्य नाफा १५ करोड ३२ लाख १० हजार रुपैयाँ ऋणात्मक भएको हो । यस वर्ष बैंकको सञ्चालन नाफा पनि घटेको छ भने बैंककोे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]