May 12th, 2020

२ प्रतिशत व्याज छुट दिन नसकिने, राष्ट्र बैंकले गलत नीति ल्याएको बैंकरको भनाई

बैंकिङ खबर । संसदको अर्थ समितिमा बैकरहरुले राष्ट्र बैंकले सबै ऋणीलाई दुई प्रतिशत ब्याज छुटको लागि ल्याएको निर्देशन उचित नभएको भन्दै २ प्रतिशत ब्याज छुट दिने नीति गलत भएको बताएका छन् । कोरोना भाइरसको रोकथाममा सरकारले लकडाउन घोषणा गरेपछि अर्थतन्त्रमा असर परेपछि नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिने नीति लिएको हो । बैंकरहरुले यसको विरोध गरेका छन् । उनीहरुले उद्यमीहरुलाई आफुहरु सहयोग गर्न तयार भएको तर सबै ऋणीलाई राहतको अवस्यकता नपर्ने बताएका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सबै क्षेत्रमा राहात आबश्यक नपर्ने बताए । उनले क्षतिका आधारमा राहत उपलब्ध गराउने नीति ल्याउनु पर्ने खाँचो औल्याए । उनले राष्ट्र बैंकको नीतिले संसारमा चलेको भन्दा फरक ढंगको कार्य भएको भन्दै उनले राष्ट्र बैंकको यो नीति परिमार्जन गर्नुपर्ने बताए । त्यस्तै अर्का बैंकर अनिलकेशरी शाहले बैंकले १४ लाख ऋणीलाई राहत दिन नसकिने बताउँदे ऋणीले पनि आफ्ना ग्राहकलाई राहत दिनुपर्ने बताए । उनले आम नागरिकले राहत पाउने अबस्था भए मात्रै ऋणीलाई राहत दिनु उचित हुने तर्क गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]