बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । संस्थाको शाखा कार्यालय मकरगढी बर्दियाले वारबर्दिया नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा खाध्यान्न सामाग्री खरीद गर्नको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले वारबर्दिया नगरपालिकाले अंशुवर्मा माध्यमिक बिध्यालयमा निर्माण गरेको क्वारेन्टीनमा बसेकाहरुलाई खाना तथा अन्य आवश्यक सामाग्री खरीदका लागि रु. ५०,००० पचास हजारको चेक हस्तान्तरण गरेको छ । उक्त चेक संस्थाका मैनापोखर शाखा प्रमुख केवल कुमार के.सी. ले वारबर्दिया नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढालाई हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै, शाखा कार्यालय भवानीपुर बाँकेले कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा को प्रकोप नियन्त्रण, रोकथाम, उपचार रकम राम माध्यमिक विध्यालयमा क्वारेन्टीनमा बसेकाहरुलाई समेत खाध्यान्न सामाग्री खरीद गर्नको लागि आर्थिक सहयोगको लागि रु. २५,००० पच्चिस हजार को चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक शाखाका शाखा प्रमुख पूर्ण प्रसाद शर्माले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई हस्तान्तरण गर्नुभएको हो ।
लघुवित्त
मेरो माइक्रोफाइनान्सको सहयोग जारी, कोरोना रोकथामका निम्ति आर्थिक सहयोग प्रदान
२०७७ बैशाख २६ गते