Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुधबारको नेप्से : अन्यौलमा लगानीकर्ता, तारागाउँको शेयरमा लगानीकर्ताको आकर्षण

२०७३ असार २९ गते
सेयर:

economicसाताको बुधबार नेपाल स्टक एक्सचेन्जमा १ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४३ वटा कम्पनीको १९ लाख ६६ हजार ७ सय ४ कित्ता शेयर ४ हजार ४ सय ४६ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ९ करोड ७० लाख ९१ हजार ६ सय ५९ रुपैयाँको पुँजी परिचालन भएको हो । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार १ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । 

कारोबार रकमसँगै नेप्से परिसूचक पनि घट्दो क्रममा रहेको छ । बुधबार बजार सामान्य २.६४ अंकले घटेर १६९०.४३ अंकमा सीमित भएको छ । मौद्रिक नीतिको अलमलले आफू पनि अलमलिएका लगानीकर्ता सरकार ढल्ने खबरले निरुत्साहित बनेको विश्लेषकहरु बताउँछन् । 

समग्र बजारमा लगानीकर्ताको आकर्षण घटेपनि तारा गाउँ रिजेन्सीको शेयरमा भने लगानीको आकर्षण एकाएक बढेको छ । बुधबार तारागाउँको साँढे १८ करोडको शेयर किनबेच भएको छ । जनता बैंकको सवा ६ करोडको शेयर कारोबार हुँदा शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक, सिटिजन्स बैंक प्रोमोटर शेयर र माछापूछ्रे बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर, एनबी बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सानिमा बैंक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

मिथिला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा बोटलर्स नेपाल, एनआईडीसी क्यापिटल, माछापूछ्रे बैंक, मिसन डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, सिद्धार्थ बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले क्रमशः ९.९८, ९.९७, ९.९५, ९.९१, ९.९०, ९.८७ र ९.७५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नागवेली लघुवित्त, किसान माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् । 

पोखरा फाइनान्सका प्रोमोटर शेयरधनीले झन्डै साढे ९ प्रतिशतका दरले गुमाउँदा माउन्ट मकालु डेभलपमेन्ट बैंक, विजय लघुवित्त, जेविल्स फाइनान्स र पूर्णिमा विकास बैंकका लगानीकर्ताले क्रमशः ९.४, ७.६६ र ६.०८ प्रतिशतका दरले गुमाएका छन् । राप्तीभेरी विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सगरमाथा इन्स्योरेन्स, सिनर्जी फाइनान्स लगायतले पनि धेरै गुमाएका छन् । 

बुधबारको होटल, उत्पादनमूलक र अन्य समूहबाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ८९.५८ अंकले घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ४.०२, ११.३३, ६.५१ र ८.०२ अंकले घटेका छन् । होटल, उत्पादनमूलक र अन्य भने क्रमशः ३९.१, ३३.९६ र २१.९८ अंकले बढेका छन् ।