बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९को रोकथाम, नियन्त्रण तथा व्यवस्थाका लागि बिदुर नगरपालिका, नुवाकोटलाई आर्थिक सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरुलाई आवश्यक खाद्यान्न सामाग्री खरिद गर्नका लागि फाइनान्सका बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितलाई ५० हजारको चेक प्रदान गरिएको हो । चेक हस्तान्तरणको क्रममा प्रमुख पण्डितले फाइनान्स गतिविधिलाई र प्रशम्सा गर्नु हुँदै आफ्नो कारोबार नाफा सँग मात्र नजोडी स्थानियहरुसंगको सम्बन्धलाई आत्मियतासंग जोड्न सके संस्थाले ब्यबसायिक सफलता प्राप्त गर्न सक्ने बताउनुभयो ।
यस्तै, संस्थाको शाखा कार्यलय मैनापोखर वर्दियाले पनि बढैयाताल गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा खाध्यान्न सामाग्री खरीद गर्नको लागी आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले बढैयाताल गाउँपालिकाले शारदा बहुमुखि क्याम्पसमा निर्माण गरेको क्वारेन्टीनमा बसेकाहरुलाई खाना तथा अन्य आवश्यक सामाग्री खरीद गर्नका लागि रु. २५,०००(अक्षरेपी पच्चीस हजार मात्र) को चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका शाखा प्रमुख केवल कुमार के.सी.ले गाउँपालिकाका अध्यक्ष लाल हादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ ।
मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।
