Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

व्यक्तिगत निक्षेपमा व्याज नघटाउन राष्ट्र बैंकको निर्देशन

२०७७ बैशाख २२ गते

बैंकिङ खबर । तत्कालका लागि निक्षेपतर्फ थप व्याज नघट्ने भएको छ । बैंकहरु दोस्रोपटक निक्षेपमा व्याज घटाउने तयारी गरेका थिए । तर नेपाल राष्ट्र बैंकले बैंकरहरुलाई निक्षेपतर्फ तत्काल व्याज नघटाउन निर्देशन दिएको छ । बैंकहरुले ब्यक्तिगत निक्षेपतर्फ व्याज घटाउने तयारी गरेका थिए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघका प्रतिनिधिहरुलाई तत्कालै निक्षेपकर्ताको ब्याज नघटाउन निर्देशन दिएका हुन् । बैंकहरुले अब संस्थागत निक्षेपमा भने व्याज घटाउने योजना बनाएका छन् । असहज अबस्थाका कारण बैंकहरुलाई लागत खर्च कम गर्न दववाव बढेको छ ।

राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज थप एक प्रतिशतले घट्ने नीति कार्यान्वयमा ल्याइसकेको छ । बैंकहरुले मुद्दती, बचत र कल डिपोजिटको ब्याज व्यक्तिगततर्फ घटाउन नपाउने भएका छन् । संस्थागत मुद्दति निक्षेपकर्ताको ब्याज घटाउने तयारी भएको छ । अब संस्थागत निक्षेपतर्फ बैंकरले थप एक प्रतिशत व्याज घटाएर ६ प्रतिशतमा झार्ने तयारी भएको बताइएको छ । उनीहरुले यसअघि संस्थागत मुद्दतीमा सात प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकहरुले बैशाख १ गतेबाटै निक्षेपतर्फको व्याजदर घटाएका छन् ।  

Ad