बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बारा शाखाले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले सिम्रौनगढ नगरपालिकाद्धारा श्री कंकाली माई उच्च माध्यामिक विधालयमा निर्माण गरीएका क्वारेन्टीनमा बसेका रहेका ५७ जनाको खाना तथा आवश्यक सामाग्रीको लागि रु. २५,०००/ (अक्षरेपी पच्चीस हजार मात्र) को चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुशवाहाले नगर प्रमुख विजय शंकर यादब तथा उप प्रमुख रिमा देवी कुशवाहलाई हस्तान्तरण गर्नुभएको हो ।