डोल नाथ त्रिपाठी / नेपालमा लघुवित्त सेवा शुरु भएको तीन दशकको पुर्व सन्ध्यामा आएर कोरोना भाइररस कोभिढ १९ को महामारीले लघुवित्त क्षेत्रको भविष्य के र कस्तो हुने सम्बन्धमा लघुवित्तमा आश्रित लघुवित्तकर्मीहरु बढि चिन्तित हुन थालेको अवस्था हो यो । अर्थात् कोरोना भाइरस महामारी लकडाउनको एक डेढ महिना व्यतितको समयसम्म आई पुग्दा कतिपय साना साना लघुवित्त संस्थाहरुले नाम मात्रको कार्यालय र कारोबार संचालन शुरु गरीसकेका छन् भने केही संस्थाहरु के कसरी संचालन गर्न सकिन्छ भन्ने घरायसी होमवर्कमा छन् । लघुवित्त सेवा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको जुनसुकै परिस्थितिमा पनि बन्द गर्न नपाउने (नहुने) अत्यावश्यक बैंकिé सेवा क्षेत्र भित्र पर्दछ । यद्यपी अन्य क , ख र ग वर्गका संस्थाले दिने बैंकिé सेवा सुविधा भन्दाँ यो सेवा नितान्त फरक हो भनेर सबैले बुभm्नुपर्ने हुन्छ । लघुवित्त सेवा सम्बन्धित क्षेत्रको समुदायसंग प्रत्यक्ष रुपमा घुलमिल भई हुने कारोबार हो जवकी कोरोना रोकथामको जड लडाउनको अभिप्राय सामुदायको दुरी कायम गराउनु नै छ । यसै दुई बिचको मध्यविन्दुको धारमा नयां वैकल्पिक आधारहरु तय गरी लघुवित्तीय सेवाहरु संचालन गर्नु पर्ने देखिन्छ नत्र भने सेयर बजारमा नाम कमाएको नेपालको लघुवित्तीय क्षेत्र एकादेशको कथामा मात्र सिमित हुन लामो समय कुर्न नपर्ने पक्कापक्की छ ।
नेपालमा लघुवित्त इन्डष्ट्रीलाई जोगाई राख्न लघुवित्त संचालक संस्थाहरुले तपशिल बमोजिमको रणनीतिहरु तत्काल अवलम्बन गर्नुपर्ने देखिन्छ ।
(क)सदस्यहरुको व्यवसाय प्रबर्धन सम्बन्धमा
१) लडाउन खुल्नासाथ लघु उद्यमीहरुको गुमेको लघुव्यवसायको पुर्नउत्थान गर्न संस्थाहरुले क्षमताअनुसार सहुलियतपुर्ण कर्जा तत्काल लागु गरी वितरण गर्नुपर्ने हुन्छ ।
२) ऋणी ग्राहक सदस्यहरुको चाहना अनुरुप ठुला कर्जा रकमको पुर्नतालकीकरण र पुर्नसंरचना गर्नुपर्ने हुन्छ ।
३) लकडाउन खुलेको पहिलो महिनाको लागी ऋणी ग्राहक सदस्यहरुको व्यवसायको हितलाई ध्यान दिई उनीहरुकै चाहना बमोजिम पाकेको ब्याज मात्र लिई सावां असुलिको लागी एक महिनाको ग्रेस पिरियड दिने व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
४) ऋणी ग्राहक सदस्यहरुलाई लकडाउन खुलेको पहिलो महिनाको लागी किस्ता भुक्तानीको सम्बन्धमा बाध्यकारी समुह पे्रसर नगराउने ।
५ ग्रामिण स्तरमा नै संचालन हुने विभिन्न ल३ुव्यवसाय प्रवर्धनका तालिम तथा कार्यक्रमहरु संचालन गर्ने गराउने ।
६) लकडाउन खुले पश्चात् सदस्य, अभिभावक तथा केन्द्र प्रमुखको अपेक्षा, राय , सल्लाह र सुझाव समेटिने किसिमको १ पाने फर्मेट निर्धारण गरी १ हप्ताभरीको केन्द्र बैठकबाट राय संकलन गरी सोही बमोजिमको नयां रणनीति तय गरी तत्काल लागु गर्नुपर्ने हुन्छ ।
(ख) कर्मचारी उत्पे्ररणा सम्बन्धमा
लघुवित्त संस्थाहरुको मेरुदण्ड भनेको नै असल, इमान्दार र लगनशिल फिल्ड कर्मचारीहरु नै हुन् भन्ने कुरा विगत्का दश वर्षे सशस्त्र द्धन्द्ध काल, २०७२ सालको महाभुकम्प र तराई आन्दोलनले ग्रसित पारेको लघुवित्तीय क्षेत्रलाई पुर्णतया पुर्ववत् अवस्थामा ल्याउन सफल भएकोले प्रमाणित गरिसकेको तितो यथार्थ हामी माझ छदैं छ । यद्यपी हाल जारी रहेको कोरोना संक्रमण महामारी विरुद्धको लकडाउन लघुवित्तीय क्षेत्रलाई अझ ठुलो चुनौती भएर आएको छ । तसर्थ लघुवित्त संचालन गर्ने संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई तनावरहित रुपमा काम गर्ने वातावरण तयार गरिदिनुपर्छ । माथिल्लो कार्यालयबाट टार्गेट पुरा गर्ने नाममा अनावश्यक प्रेसर दिनुहुंदैन । भने कोरोना भाइरसबाट सुरक्षार्थ आवश्यक सेनिटाइजर, ह्यान्स ग्लोब, साबुन, गुणस्तरीय मास्क, ज्वरो चेक गर्ने गुणस्तरीय थर्मोमिटरको व्यवस्था मिलाउनुपर्ने हुन्छ । कर्मचारीहरुको सुरक्षा गयारेन्टीको लागी कोरोना (महामारी) जीवन विमा गरिदिनुपर्ने हुन्छ । कर्मचारीहरुलाई फिल्डमा खटिनको लागी आवश्यक पासको व्यवस्था मिलाउन सहजीकरण गर्नुपर्दछ । त्यस्तै कर्मचारीहरुलाई कम भन्दा कम फिल्डमा जानको लागी वैकल्पिक विधिहरु अवलम्बन गर्नुपर्नेहुन्छ । त्यस्ता वैकल्पिक विधिहरुमा सेन्टर चिफ मोबिलाइज्ड, कार्यालयमा अग्रिम असुलि, स्थानीय स्तरको कर्मचारीलाई परिचालन गर्ने, सामाजिक दुरी कायम राखी कारोबार गर्नुपर्दछ । कार्यालयमा लकडाउन अवधीमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्दछ ।
(ग) स्थानीय सरकारसंग समन्वय गर्ने सम्बन्धमा
लघुवित्त संस्थाहरुले यस कोरोना महामारीको लकडाउन अवधी भरीको लागी स्थानीय सरकारसंग दरो रुपमा समन्वय गर्नुपर्ने हुन्छ । आफ्नो कार्यक्षेत्र रहेको वडाहरु, गाउंहरु, कार्यरत कर्मचारीहरुको नामावलीको बारेमा जानकारी गरी समन्वय गरेर अगाडी बढ्नुपर्ने हुन्छ । सो विषयमा स्थानीय सुरक्षाकर्मीहरु, नगर, गाउं, टोल तथा बजार व्यवस्थापन समितिलाई पनि जानकारी गराउनुपर्ने हुन्छ । स्थानीय सरकारसंग समन्वय गरी कर्मचारीहरुलाई फिल्डमा खटिनको लागी आवश्यक पासको व्यवस्था मिलाउन सहजीकरण गर्नुपर्दछ । सामाजिक उत्तरदायित्व कोषबाट एकद्धार प्रणालीमार्फत स्थानीय सरकारलाई दैनिक ज्यालादारी मजदुर, आपत विपत परेकाहरुलाई आवश्यक राहत सहयोग गर्नुपर्दछ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो रेकर्ड अनुसार नेपालमा हाल ९० वटा लघुवित्त संस्थाहरु संचालित छन् र ती संस्थाहरुमा आवद्ध लाखौं ग्राहक सदस्यहरु छन् । संस्थाहरुमा प्रत्यक्ष कार्यरत कर्मचारीहरु हजारौं छन् । अप्रत्यक्ष संलग्न रहेको समुदायहरु अथाह छन् । लघुवित्त संस्थाहरुले राज्यको कोषमा पनि ठुलो योगदान गरेको देखिन्छ । नियमनकारी निकायको कडा निगरानी हुन नसक्नु, टार्गेट एचिभमेन्टको लागी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु र एकै कार्यक्षेत्र बनाएर बग्रेल्ती खोलीएका लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण हाल लघुवित्त संस्थाहरु प्रति समुदायबा देखिएको नकरात्मक सन्देशलाई कसरी सकरात्मक बनाउने भन्ने समस्या हामी माझ रहेकै थियो । साथै केही अराजक तत्वको उक्सावटको भरमा लघुवित्त संस्थाहरुको मर्म लाई नबुझिकन अधिक ब्याज लिएको, विपन्नलाई झन् गरिब बनाएको, नाफाखोरी संस्थाहरु भनेर पछिल्लो समयमा केही संचार माध्यमहरुको कडा निगरानीमा पर्दै गरेको लघुवित्त इन्डष्ट्रीलाई कोरोना भाइरस रोकथामको जड लकडाउनले थप चुनौती थपिदिएको छ । एक डेढ महिनाभन्दा लामो लकडाउन र सो लकडाउनको अन्त्य कहिले सम्म भन्ने समेत जानकारी नभएपछि कतिपय साना साना ल३ुवित्त संस्थाहरुलाई कर्मचारीहरुलाई तलबभत्ता वितरण गर्न पनि धौ धौ परिसकेको छ । एकातिर लकडाउनले सदस्य पलायन, सदस्यको व्यवसाय ठप्प आदि कारणले लगानी भएको कर्जा उठ्न नसक्ने र अर्कातिर विपन्न वर्ग कर्जा प्रदायक अन्य वाणिज्य बैंकहरुले पनि पर्ख र हेर स्थिति गर्ने हुंदा साना लघुवित्त संस्थाहरुलाई लकडाउन खुलेपछि लगानीको लागी कोषको अभाव हुने पक्कापक्की देखिन्छ । जसले गर्दा लघुवित्त संस्थाहरुमा पनि अब नयां कर्मचारी भर्ना त परै जाओस् भएका कर्मचारीहरु पनि कसरी कटौती गर्ने भन्ने स्थिति सिर्जना नहोला भन्न सकिन्न । देशको ग्रामिण अर्थतन्त्र अन्तर्गत कृषि, पशुपालन, माछापालन, कुखुरापालन, किराना पसल, होटल, चिया पसल, घरेलु लघुउद्दम, स्वरोजगार, टेलर व्यवसाय, अटोरिक्सा, मजदुर वर्गलाई पुर्नउत्थान गर्न र देशको अर्थतन्त्रलाई जोगाई राख्नको लागी लघुवित्त संस्थाहरु अपरिहार्य भएकोले लघुवित्त इन्डष्ट्रीलाई नै जोगाउनको लागी यस संकटको घडीमा राज्यस्तरबाट नै स्पष्ट नीति र संकट कालिन योजनाहरु ततकाल अनिवार्य ल्याउनुपर्ने देखिन्छ । लेखकः स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को प्रबन्धक पदमा कार्यरत छन् ।