बैंकिङ खबर । हाल विश्वभर फैलिरहेको कोरोना भाईरस COVID-19 को संक्रमण रोकथामका लागि अधिकतम संंम्भाव्य व्यक्तिको स्वास्थ्य परीक्षण गर्न, क्वारेन्टाइन तथा आइसोलेशनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई असहज भएको यस कठिन समयमा योगदान पुग्ने विश्वासका साथ प्रदेश नं. १ को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषको नाममा जम्मा हुने गरी नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले रु १,००,०००/ (अक्षरेपी एक लाख मात्र) उपलब्ध गराएको छ ।
