Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एडीबीको लगानीमा यसरी विकसित हुँदैछ सुदुरपश्चिम

२०७३ असार २८ गते

Dhangadhiएसियाली विकास बैंक (एडीबी) ले सुदुरपश्चिमका ४ वटा नगरपालीकालाई नमुना सहरी क्षेत्रको रुपमा विकास गर्ने भएको हो । एडीबीले १० अर्बको लगानीमा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका धनगढी, अत्तरिया, झलारी र भिमदत्त गरी चारवटा नगरपालिकालाई नमुना सहरको रुपमा विकास गर्ने भएको हो । आफ्नो क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत नमुना सहर बनाउन लागेको एडीबीले जनाएको छ ।

एडिबीले कैलाली कञ्चनपुरका चारवटा नगरपालिकाको समग्र अध्यायन गरिसकेको जनाएको छ । जसअनुसार आर्थिक, सामाजिक विकाससँगै वातावरणीय सुधारका लागि भौतिक निर्माणमा लगानी गर्ने सहमति अनुरुप डिजाईन समेत तयार पारिसकिएको छ । आगामी अगष्टबाट काम सुरु हुने एडिवीले जनाएको छ । अधिकांश काम पाँच वर्ष भित्रै पूरा हुने गरी आयोजनाको अवधि भने २५ वर्षको रहने जनाइएको छ ।