२०७७ बैशाख १० गते

निर्धन उत्थान लघुवित्तद्धारा काजक्रिया खर्च प्रदान

बैंकिङ खबर । काठमाण्डौको नक्सालमा केन्द्रिय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बांकेले कोरोना कहरले लकडाउन भई वित्तिय विपत भएका बेला महिला स्वावलम्बी समुहकी सदस्य श्रीमानको मृत्यु पश्चात काजक्रिया खर्च वितरण गरेको छ ।
शाखाले लालपुर महिला स्वावलम्बी समुहकी सदस्य श्रीमती ज्ञानु कुमारी शाही लाई निजका श्रीमान खडक बहादुर हमालको मृत्यु पश्चात काजक्रिया खर्च वितरण गरीएको हो । संस्थाको नियम अनुसार श्रीमानको मृत्यु भएको अबस्थामा रु १४,०००।०० सम्म वितरण गर्न सकिने प्राबधान अनुसार उक्त रकम वितरण गरीएको हो । देश लकडाउनको अबस्थामा रहेको र सोही समयमा श्रीमानको निमोनियाबाट मृत्यु भई घरमा ठुलो ब्रजपात परेकोले यस दुखद घडीमा संस्थाका कर्मचारीहरु घरमा आई नगद रकम सहयोग गरेकाले दुखेको घाउ माथी मलहम लगाई दिएको स्वमं ज्ञानकुमारी साहीले बताईन । उपस्थित माझ सामाजिक दुरी कायम गरी रकम वितरण गरीएको थियो । शाखा प्रमुख कलक राज बनले शोकलाई शक्तिमा बदल्दै यस विषम परिस्थितीमा सबैले लकडाउनको पालना गरी नियमित हात घुने र सामाजिक दुरी कायम गरी आफु, आफ्नो घरपरीवार र समाजलाई सबै मिलेर जोगाउन अपिल गर्नुभयो ।