Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारलाई यसरी छोयो मौद्रिक नीतिले, बजार र कारोबार दुबै बढ्यो

२०७३ असार २६ गते
सेयर:

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ४३ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४५ वटा कम्पनीको २२ लाख १७ हजार ९ सय ७३ कित्ता शेयर ५ हजार ९ सय ३१ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ४३ करोड ७० लाख ४६ हजार ९ सय ५६ रुपैयाँको कारोबार भएको हो । केही समययता घट्ने क्रममा रहेको कारोबार आइतबार बढेको हो । 

कारोबारसँगै केही दिनयता ओरालो गतिमा रहेको शेयर बजार आइतबार ६.८१ अंकले बढेर १७२२.५३ अंकमा पुगेको छ । सोमबार या मंगलबारमा नै मौद्रिक नीति आउने भएपनि लगानीकर्ता उत्साहित बनेका हुन् । समुहगत आधारमा हेर्दा जलविद्युत् र बीमा क्रमशः १७.९१ र ४८.१६ अंकले घटेका छन् भने वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स र उत्पादनमूलक क्रमशः ११.०५, ५.८१, १३.४१, ७.१२ र ५.४६ अंकले बढेका छन् भने अन्य समूह स्थिर रहेको छ ।

कुल कारोबारमध्ये एभरेष्ट बैंकको मात्रै ११ करोड १४ लाख ४६ हजार १ सय ९७ रुपैयाँको शेयर कारोबार भएको छ भने इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर, एनबी बैंक र रुरल माइक्रोफाइनान्सको ४ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, साना किसान विकास बैंक, लाइफ इन्स्योरेन्स कम्पनी, लुम्बिनी जेनेरल इन्स्योरेन्स, यती डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स लगायतको ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

कसमस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, मनास्लु विकास बैंक, यती डेभपममेन्ट बैंक र जानकी फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९५, ९.९१, ९.८६, ९.७१ र ९.१२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । युनियन फाइनान्स, ओम डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायतले पनि धेरै कमाएका छन् । गुमाउनेमा कञ्चन डेभलपमेन्ट बैंक प्रोमोटर शेयर, नमस्ते वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स लगायत छन् ।