यस साता नेपाल स्टक एक्सचेन्जमा ६ अर्ब रुपैयाँको कारोबार भएको छ । साताभरमा १ सय ४७ वटा कम्पनीको ९९ लाख ६० हजार ४ सय ३० कित्ता शेयर २४ हजार ४ सय ३३ पटक खरिदविक्रि हुँदा कुल ६ अर्ब १ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा २८ दशमलव १६ प्रतिशतले कम हो । गत साता १ सय ५० कम्पनीको २ करोड २८ लाख ३६ हजार २ सय कित्ता शेयर ३२ हजार ८ सय ३९ पटक खरिदविक्रि हुँदा ८ अर्ब ३८ करोड ९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस साता नेप्से परिसुचक पहिलो दिनको तुलनामा ३ दशमलव ४८ अंकले घटेर अन्तिम दिन १ हजार ७ सय १५ दशमलव ७२ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पहिलो दिनको तुलनामा १ दशमलव ०५ अंकले घटेर ३ सय ७० दशमलव ०१ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।
यस साता कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको राष्ट्रिय विमा कम्पनीको २७ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी एभरेष्ट बैंकको २५ करोड ७ लाख ३० हजार रुपैयाँ, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको २४ करोड २७ लाख २० हजार रुपैयाँ, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २० करोड १८ लाख १० हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएको शेयर संख्याका आधारमा एनआइबिएल सम्विृद्धी फण्ड १ अग्रस्थानमा रहेको छ जसको ११ लाख ७३ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा १ हजार २ वटा कारोबार हुदै रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लि. अग्रस्थानमा रहेको छ ।
मेट्रो डेभलपमेन्ट बैंकको बोनस शेयर ३ लाख ५२ हजार ७ सय ७० कित्ता, मेट्रो डेभलपमेन्ट बैंकको हकप्रद शेयर २ लाख ७८ हजार ५ सय ४ कित्ता र तिनाउ विकास बैंककोा साधारण शेयर ५ लाख ४६ हजार १ सय ९२ कित्ता नेप्सेमा सुचीकृत भएको छ ।