बैंकिङ खबर । ग्लोबल आईएमई बैंकको सहायक कम्पनी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था केन्द्रिय कार्यालय बेसिसहर, लमजुङद्धारा बिश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार गर्ने उदेश्यले ५ लाख रुपैँया सहयोग प्रदान गर्ने निर्णय भएको छ । संस्थाले उक्त सहयोग रकम संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत नेपाल सरकारद्धारा स्थापना गरीएको नोबल कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचार कोषको राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गरेको जनाइएको छ ।