बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल सरकारबाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा १० लाख जम्मा गर्ने र स्थानीय सरकारको समन्वयमा संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपद्मा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अतिविपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागी ५० लाख गरी कुल ६० लाखको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
यस बित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पुर्याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दे आएको हालको विपद्मा प्रभावित संस्थामा आवद्ध अति विपन्न समूह सदस्यहरुलाई तत्काल राहत पुर्याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएकोे छ ।
संस्थाले हाल सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ४७ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुर्याईरहेको छ । यस अवधीसम्म ४अर्ब २५ करोड कर्जा लगानीमा रहेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ६० करोड संकलनगर्न सफल भएको छ ।