Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी एकीकरणको लहर : नवलपरासीका १९ वटा सहकारी एकीकृत

admin २०७३ असार २३ गते
सेयर:

uniteनवलपरासी जिल्लामा चालु आव २०७२/७३ मा १९ वटा सहकारीबीच एकीकरण भएको छ । जिल्लामा अहिलेसम्म ३४ वटा सहकारीबीच एकीकरण भइसकेको छ । नौवटा सहकारीले एकीकरणका लागि स्वीकृति लिएका छन् । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत वासुदेव भट्टराईका अनुसार देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस, लाङ्घाली कृषि ससली, रम्भादेवी साकोस, सनराइज साकोस, सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोस लगायतले एकीकरणका लागि स्वीकृति लिएका छन् । यस्तै प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोसले पनि एकीकरणका लागि स्वीकृति लिएका छन् । 

जिल्लामा ४ सय ९३ सहकारी रहेका छन् । दुई सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारीको रु ९८ करोडको सेयर पुँजी रहेको रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । सहकारीले तीन अर्ब ६४ करोड रुपैयाँ बचत गरेका छन् भने तिनमा ८२ करोड रुपैयाँको बाह्य लगानी छ । जिल्लाका सहकारीमा करिब १२ अर्बको कारोबार हुन थालेको छ । अहिले देशभरि सहकारी एकीकरणको अभियान चलेको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।