April 4th, 2020

कोरोना प्रभाव : विश्वव्यापी वित्तीय संकट पैदा हुने आईएमएफको प्रक्षेपण

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुने चेतावनी दिएकी छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग संयुक्त प्रेस सम्मेलनमा उनले भनीन् “हामी अहिले मन्दीमा छौं, यो २००८को ण्विश्वव्यापी वित्तीय संकटभन्दा पनि खराब छ ।“

विश्वव्यापी जीवनयापनको रक्षा गर्न सँगै काम गर्नु आवश्यक
आईएमएफकी प्रबन्ध निर्देशकले स्वास्थ्य र आर्थिक जस्ता दोहोरो संकट सम्बन्धमा कुरा गर्दै कोरोनाको बढ्दो प्रकोपका कारण आईएमएफको इतिहासमा यो अभूतपूर्व रहेको बताएकी छिन् । जर्जियाभाले विश्वभर लडाईको बीचमा जीवन र जीविकोपार्जनका लागि एकसाथ काम गर्नु आवश्यक रहेकोमा जोड दिएकी छिन् । यस अघि पनि क्रिस्टलिना जर्जियावाले विश्वलाई कोरोना भाइरस महामारीले विनाशकारी असरहरूको सामना गर्नुपरेको र स्पष्ट रूपमा आर्थिक मन्दीको शिकारमा रहेको बताएकी थिईन् । यद्यपि, आईएमएफले अर्को वर्ष सुधारको पूर्वानुमान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]