कुल कारोबार रकममध्ये एभरेष्ट बैंकको सवा ७ करोड रुपैयाँको कारोबार भएको छ भने राष्ट्रिय बीमा कम्पनीको प्रोमोटर शेयर ४ करोड ९१ लाख र इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर पौने ५ करोड रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको पनि ४ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल बैंक, रुरल माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सको पनि ३ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
पोखरा फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा प्रोग्रेसिभ फाइनान्स, सिनर्जी फाइनान्स र हामा मर्चेन्टका लगानीकर्ताले क्रमशः ९.८१, ९.५२ र ९.१२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । काबेली विकास बैंक, यति डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल, लुम्बिनी फाइनान्स लगायतले पनि धेरै कमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंकका प्रोमोटर शेयरधनीले झन्डै १० प्रतिशतका दरले गुमाउँदा मिथिला लघुवित्त, काष्टमण्डप डेभलपमेन्ट बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, प्रभु इन्स्योरेन्स लगायतले पनि धेरै गुमाएका छन् ।
बीमा, विकास बैंक र जलविद्युत् समूह क्रमशः ३७.४२, ५.७५ र ४.३२ अंकले घट्दा वाणिज्य बैंक ५.०५, होटल १८.४२, फाइनान्स १३.२३, उत्पादनमूलक २१.४४ र अन्य समूह १.१७ अंकले बढेको छ ।