बैंकिङ खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारबाट स्थापना गरिएको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पच्चिस लाख रुपैंयाँ सहयोग गरेको छ । सोही बमोजिम कोषको नाममा राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा उक्त रकम जम्मा समेत गरीसकेको छ । उक्त वित्तीय संस्थाले प्रदान गरेको रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भए पनि सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ । यस विषम परिस्थितीमा घरभित्रै बसौ, सुरक्षित रहौं, आफु बाँचौं अरुलाई पनि बचाऔं भन्दै छिमेक लघुवित्त वित्तीय संस्थाले सबैलाई अनुरोध समेत गरेको छ ।