April 1st, 2020

कोरोना संक्रमण रोकथामका लागि गरिमा विकास बैंकद्धारा ३५ लाख सहयोग

बैंकिङ खबर । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक प्रदेशबाट ५ लाख रुपैयाँको दरले ३५ लाख रुपेयाँ सहयेग गरेको छ । हरेक प्रदेश सरकारलाई उक्त रकम हस्तान्तरण गर्नेगरी गरिमाले सहयोग गरेको हो । बैंकको  संचालक समितिको बैठकले यस्तो निर्णय गरेको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ५ लाख रुपैयाँका दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग जम्मा गर्ने बैंकले जनाएको छ ।