July 5th, 2016

शेयर बजार घट्ने क्रम जारी, सवा १ अर्बमा ओर्लियो कारोबार

stock downसाताको सुरुवातदेखि नै घट्दो क्रममा रहेको शेयर बजार मंगलबार पनि घटेरै बन्द भएको छ । नेप्से परिसूचक ३.८० अंकले घटेर १७१३.०३ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । सोमबार साढे १ अर्बको कारोबार भएको बजारमा मंगलबार सवा १ अर्बको मात्रै शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनीको १९ लाख ५ हजार ४ सय १ कित्ता शेयर ५ हजार ६ सय ५४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब २९ करोड ६८ लाख ८१ हजार ९ सय ४० रुपैयाँको कारोबार भएको हो । 

मंगलबारको बजार बीमा र विकास बैंकले घटाएका छन् । यी दुई समूह क्रमशः ७५.५१ र १६.६४ अंकले घटेका छन् । फाइनान्स, होटल र वाणिज्य बैंक पनि क्रमशः ६.८५, ३.८३ र ०.२२ अंकले घटेका छन् । जलविद्युत्, उत्पादनमूलक र अन्य समूह क्रमशः ५.१, २३.१२ र ५.८७ अंकले बढेका छन् । 

कारोबार रकमका आधारमा राष्ट्रिय बीमा कम्पनि अगाडी रहेको छ । जसको प्रोमोटर शेयर ६ करोड ६१ लाखभन्दा बढी रकमबराबरको कारोबार भएको छ । एभरेष्ट बैंक र रुरल माइक्रोफाइनान्सको क्रमशः ४ करोड ९४ लाख र ४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, नविल बैंक प्रोमोटर शेयर र फस्र्ट माइक्रोफाइनान्सको पनि ४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्रामीण विकास बैंकको ३ करोड ८७ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ भने सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स लगायतको पनि ३ करोडमाथिको शेयर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनिको प्रोमोटर शेयरनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा बोटलर्स नेपाल, अल्पाइन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, नमस्ते वित्तीय संस्था, सिनर्जी फाइनान्स र टुरिजम डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.९८, ९.९८, ९.९३, ९.९०, ९.८० र ९.६० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सेती फाइनान्स, सुर्या लाइफ इन्स्योरेन्स, सगरमाथा फाइनान्स लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् । धेरै गुमाउनेमा कालिका माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स, रुरल माइक्रोफाइनान्स लगायत छन् ।