July 5th, 2016

बैंक र फाइनान्स कम्पनीलाई अवसर, निक्षेप सुरक्षणले माग्यो १५ करोडको लगानी प्रस्ताव

moneyनिक्षेप तथा कर्जा सुरक्षण निगमले १५ करोड रुपैयाँ लगानीको प्रस्ताव माग गरेको छ । निगमले बैंक तथा फाइनानस कम्पनीहरुलाई एक वर्षीय मुद्दती निक्षेपको रुपमा रकम लगानी गर्न आह्वान गरेको हो । यसै साताभित्र लगानीको प्रस्ताव पेस गर्न निगमले अनुरोध गरेको छ । 

कस्ता कम्पनिले गर्न पाउँछन् लगानी ?
रकम लगानीको लागि प्रस्ताव पेश गर्ने बैंक तथा फाइनान्स कम्पनिहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, गत आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको तथा रियलस्टेटमा प्रवाहित कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ । निगमका अनुसार, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, सीईओ वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना वा कारबाही गरेको अवस्थामा सो कारबाही भएको ३ वर्ष पूरा भएको कम्पनिले लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ३ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेका कम्पनिहरुले मात्र लगानी गर्न पाउने बताइएको छ ।

निगमले समयसमयमा बैंक तथा फाइनान्स कम्पनीहरुका लागि यस्तो लगानीका प्रस्तावहरु माग गरेको गरेको छ । यसअघि पनि निगमले वाणिज्य बैंकहरुका लागि ४५ करोड तथा विकास बैंक र फाइनान्स कम्पनिहरुका लागि अढाई÷अढाई करोड रुपैँया गरी ५० करोड रुपैँया लगानीका लागि प्रस्ताव गरेको थियो । सो प्रस्ताव पेश गर्ने अन्तिम मिति असार १४ गतेसम्म थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]