July 4th, 2016

जलविद्युत्मा लगानी : अबको एक दशकसम्म फाइदै फाइदा

hydroपछिल्लो समय जलविद्युत् कम्पनिहरुको शेयरमा लगानीकर्ताहरुको धेरै आकर्षण रहेको पाइन्छ । आगामी आर्थिक वर्षको बजेटमा जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकतामा राखेदेखि नै जलविद्युत् कम्पनीको शेयर खरिदमा लगानीकर्ताको बाक्लो भीड हुने गरेको छ । त्यसो त नेपाल जलविद्यु्त उत्पादनका लागि राम्रो सम्भावना भएको मुलुक भएकै कारण पनि नेपाली मात्र नभएर विदेशी लगानीकर्ताहरुले समेत विभिन्न आयोजनामा लगानी गर्ने गरेका छन् । 

यस क्षेत्रसँग सम्बन्धित जानकारहरुले पनि आगामी एक दशकसम्म जलविद्युत् आयोजनाहरूमा सेयर लगानी गर्नेले तुलनात्मक रूपमा राम्रो लाभ लिन सक्ने बताएका छन् । जलविद्युत् उत्पादनको आम्दानीमा १० वर्षसम्म सरकारलाई कर तिर्नु नपर्ने र विद्युतको माग वर्षेनि १० प्रतिशतले बढ्दै गएकाले लगानीबाट लाभ लिन सकिने उनीहरुको तर्क छ । अबको १० वर्षसम्म जति धेरै विद्युत् उत्पादन गरे पनि बजारको कुनै समस्या नरहेकाले ढुक्क भएर लगानी गर्न सकिने सरोकारवालाहरु बताउँछन् ।