सुदुरपश्चिम प्रदेशको डडेल्धुरा जिल्ला भागेश्वरगाऊँपालिका ४ रनगाऊँकि किरणमाली र बिन्दु देवीमालिकोे ५ जनाको परिवार छ । केहीवर्ष अघिसम्म पुर्खौलि सम्पतिको नाममा २ रोपनि जग्गा र त्यही जग्गामा बनेको सानो झुपडीमा सो परिवारको बसोबास रहेको थियो । यस परिवारले जीवन यापनकालागी त्यहि सिँचाइकोे सुविधा नभएको जमिनको उत्पादनमा भर पर्नुपर्ने बाध्यता रहेको थियो । त्यसको उत्पादनबाट परिवार चलाउन ६ महिना पनि नपुग्ने अवस्था थियो । कुनै शैक्षिक योग्यता र कुनै सिप नै नभएकोले कृषि पेशा र वैदेशिक रोजगारीको विकल्प थिएन यस परिवारको । सबैको सल्लाहमा पति किरणमालीले सम्पुर्ण जायजेथा चर्को ब्याजमा धितो राखि वैदेशिक रोजगारीमा मलेशिया जानुभयो । पत्नि विन्दुलाई भने तीन जना केटाकेटीको स्याहार सुसार, खेतीपातीको जिम्मेवारी थियो ।
आयस्तर वढाउनको लागी वैदेशिक रोजगारीमा विदेश जानुभएका करणले तीन वर्ष विदेश वस्दा केवल विदेश जादा लागेको ऋणमात्रै तिर्नुभयो । मालि दम्पतीको विदेश जाने चाहनापनि अव बाँकी रहेन अब देशमै केही गर्नुपर्छ भन्ने भावनाले विन्दुलाई झचझकाउन थाल्यो । आम्दानीको दिगो श्रोत नभएकोले बढ्दै गएको दैनिक घर खर्च चलाउन धौ धौ पर्न थाल्यो । दुवैजना घरैमा बसेर गर्न सकिने एउटा खुद्रा पसल खोल्ने निर्णयमा पुगे र पसल चलाउने जिम्मेवारी विन्दुलाई पर्न गयो । यसको लागीपुँजीको आवश्यकता थियो, यसको लागी कति जना सँग हात फिजाएँ धाए तर कतैबाट पनि सहयोग पाउन सकिन भन्नुहुन्छ माली । आफ्नो ठाँउमा केही गर्नुभन्दा पनि वैदेशिक रोजगारीमा जाने अथवा भारत तिर जाने चलन रहेको सुदुरपश्चिममा वहाँको अठोट कस्ले वुझ्ने ? तर पनि ‘गरिबको पनि दिन आऊँछ, अरुले नहेरे पनि भगवानले हेर्छन’ भनेर वहाँले हिम्मत हार्नुभएन र प्रयास गरिरहनुभयो । कुनैपनि बैंक वित्तीय संस्थाको पहुँच नभएको त्यो ठाउँमा आश गरेर वस्नुको कुनै विकल्प थिएन ।
यसै क्रममा २०७३ सालमा छिमेक लघुवित्त शाखा कार्यालय अमरगढी अन्तरगत वगरकोट डिजिटल प्वाइन्ट स्थापना भयो । सोही साल श्रावण महिनामा डिजिटल महिला (डिजिटल प्वाइन्टमा काम गर्ने कर्मचारी) वहाँको गाउँघरमा पनि समुह निर्माणको लागी आउनुभयो । कार्यक्रमवारे वुझ्दा सवैलाई चित्त वुझ्यो र श्रावण ३० गते इकाई नं. २९६४२।४।४ सदस्यका रुपमा छिमेकमा आवद्घ हुनुभयो । आफ्नो वर्षौको सपना पुरा हुन लागेकोमा औधी खुसीहुनुभयो विन्दु र रु.४० हजार ऋण निकालेर आफ्नो सपनाको व्यवसाय शुरु गर्नुभयो ।
रत्नचोक भन्ने ठाँउ २०७३ भदौ महिनामा माटिनले वारेर वनाएको सानो कोठामा किराना पसलको शुरुवात गर्नुभयो । त्यस समयमा वरपर कुनै पनि खुद्रा पसल नभएकोले व्यवसायले सोचे जस्तै प्रतिफल दिन थाले पछि झन् वहाँको हौसला बढ्यो । दोस्रो पटक रु.५० हजार ऋण लिएर तरकारी खेतिमा लगाउदा व्यवसाय फस्टाउँदै गएको र आम्दानी राम्रो हुन थालेकाले फेरी पनि विदेश जान्छु भनेका आफ्नो श्रीमान्लाई उनले विदेशमा पैसा फल्ने बोट नभएको उता गए पनि दुःखै गर्नुपर्ने हुनाले नजान आग्रह गरी यँहि आफ्नै देश नेपालमै घरपरीवार सँगै बसेर दुःख सुख जे–जस्तो हुन्छ दुबै श्रीमान श्रीमति मिलेर व्यवसाय सञ्चालन गर्ने भनेर फेरी अनुशासन ऋण ४० हजार लिएर भैसी पालन शुरु गर्नुभयो । तरकारी खेती, खुद्रापसल, भैसीपालन भएपछि आम्दानीका बाटाहरु वढ्दै गए विन्दुको हौसला झन् वढ्न थाल्यो । क्रमशः रु.१ लाख ऋण लिएर खुद्रा पसलमा थप गर्नुभयो, रु.५० हजार लिएर भैसी थप गर्नुभयो । समय वित्दै गएसँगै रु.१ लाख ५० हजार ऋण लिएर भैसीको दाना पनि खुद्रा पसलमा राख्नुभयो, लिएका ऋणहरु सवै व्यवशायमा नै लगानी गर्दै जानुभयो ।
यँहि बसेर काम सुरु गरेपछि अब यतिले मात्रै हुदैन अझ अरु पनि केहि गर्नु पर्छ भन्ने सोचका साथमा त्यसैगरि विस्तारै आफुसँग भएको रकममा पटकपटक गरि रु.४० हजार, ५० हजार, १ लाख, १ लाख ५० हजार ऋण लिएर भैँसिपालन, खुद्रा पसलमा थप गर्नुभयो । लगानी थप भएपछि व्यवसायबाटआम्दानी पनि वढ्न थाल्यो । आफ्नै देशमा वसेर मासिक २०/२५ हजार आम्दानी हुँदा परिवारमा खुसियाली आयो । समुहका साथीहरु, गाउँघरका मान्छेहरु सवै उनीहरुको कामको तारिफ गर्न थाले । विदेशमामात्रै राम्रो देख्ने हाम्रो नेपाली समाजलाइ विन्दुले राम्रो पाठ सिकाउनुभयो ।
“मेहनतीमान्छे सफलताको भोको हुन्छ”भने झै पशुपालन र खुद्रापसलले मात्रै विन्दु देवी मालीलाई चित्त बुझेन, अझ व्यवसायिक रुपमा केही गरौ भन्ने चाहना बढ्दै गयो । छिमेक लघुवित्तले प्रदान गर्ने लघु उद्यमशिल विकास कर्जाको वारेमा सुनेपछि विन्दुलाई वाख्रा पालनलाई व्यवसायिक रुपमा अघि बढाउने योजना आयो । डिजिटल महिला र कर्मचारीहरुसंग वुझेपछि वहाँले रु.३,००,०००/–लिई २० वटा बाख्रा किनेर बाख्रापालनको सुरुवात गर्नुभयो । बाख्रापालन व्यवसाय सम्वन्धि ज्ञानको लागी छिमेक लघुवित्तले आयोजना गरेको बाख्रा पालन सम्वन्धि तालिममा पनि सहभागी हुनभयो । व्यवसायको सुरक्षाको लागी बाख्राको वीमा समेत गर्नुभएको छ ।
व्यवसायबाट आम्दानी भएको बेल बचत पनि व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि वर्तमान अवस्था र भविष्य एकै हुन नसक्ने हुँदा कर्जा मात्र लिएर हुँदैन बचत पनि बढाएर जम्मा गर्नु पर्छ अनि मात्र भविष्य सुरक्षितहुन्छ भन्ने सोचेर वित्तीय संस्थामा बचत पनि बढाएर गर्न थालिन् । छोराछोरीपनि गुणस्तरिय पठनपाठन हुने स्कुलमा पढ्छन्,चार कोठाको घर पनि निर्माण गर्नुभयो, पसल बढाउनुका साथैखाजा घरसमेत चलाउनुभएको छ । विदेशजाने तयार हुनुभएका पति किरण माली पनि आफ्नी श्रीमतिले हिम्मत र साहसका साथ व्यवशाय सञ्चालन गरि परिवारको अवस्था सुधारेकोमा दङ्ग पर्नुभएको छ ।
“अबको योजना भनेको कम्तिमा पनि ५० वटावाख्रा पु¥याउनेछ” माली दम्पती आफ्नो भविष्यको योजना सुनाउछन् । “आफुसँग योजना र अठोट हुदाहुदै पनि पूँजीको अभावले सफलहुन नसकेको अवस्थामा छिमेक लघुवित्तले दिएको पुँजी, तालिम तथा सहयोगले आज आफ्नो जीवनस्तर सुधार भएको भन्दै छिमेक लघुवित्तले दुरदराजका म जस्तै अन्यथुप्रै दिदीवहिनीहरुलाई निरन्तर सहयोग गरोस्” भन्ने वहाँ सुझाव दिनुहुन्छ ।
खोज कर्ता –
सुदर्शन तिमल्सीना
का.मु.शाखाप्रबन्धक
शाखा कार्यालय,अमरगढि