March 16th, 2020

ग्लोबल आइएमई लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, वेसिशहर लमजुङले रिक्त व्यवस्थापकिय पदको लागि मिति २०७६।१०।६ माग गरिएको विज्ञापन वमोजिम आवेदक उम्मेदवारहरुमध्ये सञ्चालक समितिको वैठकको निर्णय वमोजिम नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रमुख कार्यकारी अधिकृतको सिफारिसमा हरिकृष्ण जोशी, रुपाकोट— ३, तनहूँ लाई हाजिर भएको दिनवाट लागू हुने गरि नियूक्त गर्ने निर्णय भएवमोजिम नियूक्ति गरिएकोमा आज बाट नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी संस्थामा हाजिर हुनुभएको ले नीजको शपथ ग्रहण गराइएको संस्थाले जनाएको छ । वि.सं. २०६२ सालवाट छिमेक विकास बैकवाट सेवा प्रवेश गर्नु भएको जोशीले छिमेकवाट मुक्तिनाथ विकास बैक हुदै चौतारी लघुवित्तमा नायव कार्यकारी अधिकृतको अनुभव रहेको छ । उहाँले यस वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मिति २०७०/०२/०१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजतप्राप्त गरी मिति २०७०/०२/०५ गते देखि यस ग्लोबल आइएमई लघुवित्तवित्तीय संस्थाले आफ्नो वित्तीयकारोवार रजिष्टर्ड कार्यालय लमजुङ जिल्लाको बेसीशहर—८, वाट कारोवार संचालन गर्दै आइरहेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको स्विकृती प्राप्तयस संस्थाले हाल सम्म ४६ जिल्लाहरुमा गरि ६८ वटा शाखा सञ्जाल विस्तार गरि ३०१ जना कर्मचारी मार्फत ९२ हजार ९१ जनासदस्यहरुबाट १ अर्व २८ करोड १६ लाख बचत संकलन गरि ५२ हजार ४ सय २७ जना उद्यमी सदस्यहरुलाई रु. ३ अर्व ९४ करोड कर्जा लगानी गरेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]