बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाका कर्मचारी सम्बन्धि नेपाल राष्ट्र बैंकले सेवा विनियमावली सार्वजनिक गरेको छ। योसँगै विभिन्न बेंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि कर्मचारीलाई दिने सेवा तथा सुविधा बारे विनियमावली तयार पार्नेछन् । बैंक तथा वित्तीय संस्थाले चार वटा श्रेणीमा कर्मचारी भर्ना गर्नसक्नेछन् । व्यवस्थापकीय, अधिकृत, सहायक।, र सहयोगी गरी चार श्रेणीमा पदीय विभाजन गरी कर्मचारी राख्न सक्नेछन् । बैंकहरुले करारमा करारमा कर्मचारी राख्न कम गरिने भएको छ । जसका लागि बैंकको वित्तीय क्षेत्रमा काम गर्न करार वा ज्यालादारीले पाउने छैनन् । उनीहरुले अन्य प्रमुख कार्यहरु सम्पादन गर्न पनि पाउने छैनन् । राष्ट्र बैंकले बैंकमा जागिर खान १८ बर्ष पुरा भएको र ४० बर्ष ननानाघेको हुनुपर्ने जनाएको छ तथापि महिलाको हकमा भने ४५ बर्षसम्मकाले जागिरका लागि आवेदन दिन सक्नेछन् । बैंक वा वित्तीय क्षेत्रमा कार्यरत कुनै कर्मचारीको मृत्यु वा स्वास्थ्यमा समस्या आएमा पति, पत्नि तथा अविबाहित छोरा वा छोरीलाई सहायक श्रेणीमा जागिर दिन सकिने उल्लेख छ ।