बैंकिङ खबर । शेयर बजारमा यो साता पनि गिरावटको क्रम जारी रहेको छ । गत साता १४३५.७००८ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३७७.१८५ अंकमा कायम भएको छ । मंगलबारदेखि विहीबारसम्म जम्मा तीन दिनको कारोबारमा पहिलो दिन नै ८५ अंकले घट्न पुग्यो । दोस्रो दिन १४२३ अंक नाघेको बजार विहीबार पुनः ओरालो लागेको हो ।
कारोबार रकम गत साताको तुलनामा ६६.०६ प्रतिशत कम रहेको छ । तीन दिनमा पाँच अर्ब ५० करोड ४४ लाखको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको ५२ करोड सात लाखको शेयर कारोबार भएको छ । त्यसपछि धेरै कारोबार हुनेमा क्रमशः एनआईसी एशिया बैंक, एनएमबि बैंक, हिमालयन डिस्टलरी, नविल बैंक, शिभम सिमेन्ट्स, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र प्रभु बैंक रहेका छन् ।
त्यस्तै, साताभरमा एक करोड ४० लाख ४८ हजार कित्ता शेयर खरिदविक्री भएका छन् । सबैभन्दा धेरै एनएमबि बैंकको ६४५ कित्ता शेयर खरिदविक्री भएका छन् । त्यसपछि धेरै कित्ता शेयर खरिदविक्री हुनेमा क्रमशः एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, अपि पावर कम्पनी, मेगा बैंक, प्राइम बैंक र अरुण काबेली पावर रहेका छन् ।
धेरै पटक शेयर किनबेच हुने कम्पनीको अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्स छ, जसको शेयर २७२४ पटक किनबेच भएका छन् । त्यसपछि सो सूचिमा क्रमशः एनआईसी एशिया बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, नविल बैंक, हिमालयन डिस्टीलरी, शिभम सिमेन्ट्स, भेगा बैंक, प्रभु बैंक र रसुवागढी हाइड्रो रहेका छन् ।
यो साता स्वरोजगार लघुवित्तको सात लाख २० हजार नौ सय ९९ दशमलव ०७ कित्ता बोनस शेयर नेप्सेम कारोबारका लागि सूचिकृत भएको छ । त्यस्तै, पोखरा फाइनान्सको छ लाख ९० दशमलव ८३ कित्ता बोनस शेयरको पनि सूचिकरण भएको छ । अर्को सातादेखि यी शेयरहरुको नेप्सेमा कारोबार सुरु हुनेछ ।