डिप्रोक्स लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एक त बैंकहरु नै ग्रामिण भेगमा नपुगेका कारण मानिसहरु बैंकमार्फत कारोवार गर्दैनन् । अर्को कुरा मानिसहरुमा बैंकबारे जानकारी नै छैन । बैंक के हो रु यसको प्रयोग कसरी गर्ने ? बैंकमा पैसा राखेर राखेर के फाईदा हुन्छ ? बैंकबाट कर्जा लिनु र साहुबाट कर्जा लिनुमा फरक के छ ? जस्ता कुराहरुको जानकारी नै नभएका नेपालीहरु ग्रामिण भेगमा मात्र नभएर सहरमा पनि प्रशस्तै छन् । पढेलेखेका ब्यक्तिहरुमा पनि पैसा कमाउने, बचत गर्ने, लगानी गर्ने जस्ता वित्तीय चेतनाको अभाव छ । त्यसैले मुख्य कार्यालय भरतपुर, चितवन रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न जिल्ला अन्तर्गतका शाखा कार्यालयमा वित्तिय साक्षरता अभियानलाई प्राथमिकताका साथ अघि बढाईरहेको छ । यस अभियानले समुदायमा केहि न केहि वित्तिय साक्षरता तथा सचेतनाको सकारात्मक सम्प्रेशण गराएको संस्थाको ठम्याई रहेको छ । गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको शाखा कार्यालय बगर मा मिति २०७६/१०/२९ आयोजना गरिएको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा ९० जना सदस्य सम्मिलित भएका थिए । सो कार्यक्रमको प्रमुख अतिथि मुख्य कार्यालयका योजना अनुसन्धान तथा ग्राहक सरक्षण बिभागका बिभागिय प्रमुख बुद्धिराज घिमिरे र अतिथि गण्डकी प्रदेशका अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो । त्यसै गरी मिति २०७६/११/१९ मा स्याङ्जा जिल्लाको शाखा कार्यालय वालिङमा भएको कार्यक्रममा ७६ जना, २०७६/११/२० मा स्याङजा जिल्लाकै शाखा कार्यालय पुतलिबजारमा भएको कार्यक्रममा ६० जना, २०७६/११/२२ मा तनहुं जिल्लाको शाखा कार्यालय दमौलिमा भएको कार्यक्रमा ९१ जना र २०७६/११/२३ मा गोरखा जिल्लाको ठांटीपोखरीमा भएको कार्यक्रममा ११३ जना गरी जम्मा ४३० जना समुहमा आबद्ध सदस्यहरुलाई वित्तिय साक्षरता गराई सकेको छ ।

यी कार्यक्रमा प्रमुख अथिति गण्डकी प्रदेशका प्रदेश प्रमुख मधुसुदन हुमागाई र अतिथि सोहि प्रदेशका अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई लक्षित गरी लघुबित्त कर्जा र बचत सम्बन्धि, ब्यबसाय योजना सम्बन्धि, कर्जा सदुपयोगिता सम्बन्धि, वित्तीय अनुशासन सम्बन्धि, महिला सचेतना सम्बन्धि, महिला सशक्तिकरण सम्बन्धि, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका सम्बन्धि, पारिवारिक बजेट योजना सम्बन्धि र ब्यबहारमा पर्ने वा गरिने बैकिङ तथा लघु बिमा सम्बन्धि सम्पुर्ण कुराको जानकारी गराईएको थियो । अझै सहभागिहरुलाई वित्तिय साक्षरता पुर्ण रुपले ज्ञान होस भन्ने हेतुले वित्तीय साक्षरता सम्बन्धि भिडियो समेत देखाईएको थियो । कार्यक्रममा शाखा प्रबन्धकहरु क्रमश  : बाशुदेब चौलागाई, जीबन पराजुली, ज्ञानप्रसाद कडरीया, सुदर्शन पुडासैनि र सुमित्रा गुरुङले शाखाबाट प्रदान गरिएका बस्तु तथा सेवाको बारेमा जानकारी गराएका थिए भने कर्मचारी एलिना थापा, सन्तोष शर्मा, दिनेश परियार, हेमन्त सिं ठकुरी र उज्जल कडेंलले कार्यक्रम संचालन गरेका थिए । यस बित्तिय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने बताएको छ । कार्यक्रममा आ.ब. २०७५/०७६ मा प्रत्येक शाखामा उत्कृष्ट भएका तिन वटा केन्द्र हरुलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने समुहमा आबद्ध सदस्यका छोरा/छोरी मध्ये २०७५ सालको एस.ई.ई.मा सबै भन्दा धेरै ग्रेड ल्याउन सफल एक जनालाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *