साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ८५ करोडको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३७ वटा कम्पनिको २० लाख ८३ हजार ३ सय कित्ता शेयर ६ हजार ४ सय ८२ वटक खरिदविक्रि हुँदा कुल १ अर्ब ८५ करोड २४ लाख ५२ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको हो ।
आइतबार पनि लगानीकर्ताको धेरै आकर्षण राष्ट्रिय बीमा कम्पनिको प्रोमोटर शेयरमा नै रहेको छ । कम्पनिको १० करोड ९ लाख १२ हजार २ सय ३ रुपैयाँको प्रोमोटर शेयर खरिदविक्रि भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको साढे ९ करोडमाथि, फस्र्ट माइक्रोफाइनान्सको ८ करोड ४१ लाख र रुरल माइक्रोफाइनान्सको ८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख, डिप्रोस्क डेभलपमेन्ट बैंकको साढे ६ करोड र एभरेष्ट बैंकको ६ करोडमाथिको शेयर कारोबार भएको छ । छिमेक लघुवित्त र साना किसान विकास बैंकको ५ करोडमाथिको कारोबार हुँदा एनबी बैंकको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स, एनआइडीसी क्यापिटल मार्केट्स, नयाँ नेपाल लघुवित्त, मिथिला लघुवित्त, अरनिको डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, महिला सहयात्रा लघुवित्त, नेरुड लघुवित्त, राष्ट्रिय बीमा कम्पनिको प्रोमोटर शेयर, आइएलएफसीओ माइक्रोफाइनान्स र रुरल माइक्रोफाइनान्सले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुमाउनेमा साझा विकास बैंक, हामा मर्चेन्ट, नेपाल लाइफ इन्स्योरेन्स लगायत छन् ।
आइतबार नेप्से परिसूचक ४.०३ अंकले घटेर १७१९.२० अंकमा कायम भएको छ । बीमा समूह २२३.९५ अंकले घट्दा वाणिज्य बैंक र जलविद्युत् क्रमशः १३.८६ र ७.५८ अंकले घटेका छन् । विकास बैंक ६६.८९ अंकले बढ्दा फाइनान्स २९.७३, होटल १.५१ र अन्य समूह ४.६९ अंकले बढेका छन् ।




