Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोना प्रभाव : टप धनाढ्यहरुको सम्पत्ति लगातार घट्दै

२०७६ फाल्गुन २८ गते

बैंकिङ खबर । कारोना भाइरसको संक्रमणका कारण यति बेला समग्र विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । यसको प्रभाव स्पष्ट रुपमा विश्वकै धनाढ्यहरुको सम्पत्तिमा देखिन थालेको छ । फोर्ब्सका अनुसार, गत सोमबार मात्रै विश्का टप १० धनाढ्यको सम्पत्ति ३७.७ विलियन अमेरिकी डलरले घट्यो । यसलाई अक्टोबर १९८७ को मार्केट क्र्यासपछिको ठूलो क्र्यास भनिएको छ ।

सोमबार सबैभन्दा धेरै बर्नाड एर्नल्टले छ विलियन डलर गुमाए भने जेफ बेजोसले ५.६ विलियन गुमाए । वारेन वफेटले ५.४ विलियन अमेरिकी डलर गुमाए भने कार्लोस स्लीम हेलु एण्ड फेमिलिले पाँच विलियन गुमाए । मार्क जुकरवर्गले ४.२ विलियन, अमान्सियो ओर्टेगाले चार विलियन र ल्यारी पेजले ३.३ विलियन गुमाए ।

मंगलबार केही धनाढ्यको सम्पत्ति बढेको भए तापनि प्रायःको घटेको छ । बढ्नेहरुको पनि अघिल्लो दिनको घाटा कभर भएको छैन । फोर्ब्सको रियल टाइम विलेनियर्सको तथ्यांक अनुसार मंगलबार जेफ बेजोस, वारेन वफेट, मार्क जुकरवर्ग, स्टीभ बालमर र ल्यारी एलिसनको सम्पत्ति सबैभन्दा धेरै बढेको छ भने बर्नाड अर्नल्ट, लियोनिड फेडन, लियोनार्डो डेल भेस्सीयो, अमान्सियो ओर्टेगा र भगेट एलेकपेरोभको सम्पत्ति सबैभन्दा धेरै घटेको छ ।

विश्वकै सबैभन्दा धनी जेफ बेजोसको सम्पत्ति ४.५५ प्रतिशत अर्थात ५.१ विलियनले बढेर ११६.४ विलियन डलर पुगेको छ । दोस्रो धनी विल गेट्सको सम्पत्ति पनि मंगलबार बढेको छ । उनको सम्पत्ति २.०७ प्रतिशत अर्थात २.२ विलियनले बढेर १०६.५ विलियन अमेरिकी डलर पुगेको छ । बर्नाड अर्नल्ट एण्ड फेमिलिको सम्पत्ति ०.९७ प्रतिशत अर्थात ९०८ मिलियनले घटेर ९२.६ विलियन कायम भएको छ । त्यस्तै, वारेन बफेटको सम्पत्ति ४.६३ प्रतिशत अर्थात ३.५ विलियन डलरले बढेर ७९.८ विलियन डलर पुगेको छ । मार्क जुकरवर्गको सम्पत्ति ५.१ प्रतिशत अर्थात ३.१ विलियनले बढेर ६६ विलियन पुगेको छ ।

धनाढ्यहरुको छैटौँ नम्बरमा रहेका ओमान्सियो ओर्टेगाको सम्पत्ति ३.६८ प्रतिशत अर्थात २.५ विलियनले घटेर ६५.७ विलियन कायम भएको छ । ल्यारी एलिसनको सम्पत्ति ४.९७ प्रतिशत अर्थात २.९ विलियनले बढेर ६१.५ विलियन पुगेको छ । स्टीभ बाल्मरको सम्पत्ति ५.४५ प्रतिशत अर्थात तीन विलियनले बढेर ५८.८ विलियन डलर पुगेको छ । त्यस्तै, ल्यारी पेजको सम्पत्ति ४.४५ प्रतिशत अर्थात २.५ विलियनले बढेर ५८.२ विलियन डलर पुगेको छ भने कार्लोस स्लिम हेलु एण्ड फेमिलिको सम्पत्ति ३.९३ प्रतिशत अर्थात २.२ विलियनले बढेर ५७.९ विलियन अमेरिकी डलर पुगेको छ ।

Ad