Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्धारा ३८ करोड रुपैयाँ लगानीको प्रस्ताव माग

admin २०७३ असार २० गते
सेयर:

nepal rastra bankनेपाल राष्ट्र बैंकले झन्डै ३८ करोड रुपैयाँ लगानीका लागि प्रस्ताव माग गरेको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम ३ सय ६४ दिने मुद्दतीको रुपमा लगानी गर्नका लागि बैंक तथा फाइनान्स कम्पनिहरुसँग प्रस्ताव माग गरेको हो । कुल लगानीमध्ये वाणिज्य बैंकहरुका लागि ३० करोड ३८ लाख ७८ हजार रुपैयाँ, विकास बैंकहरुका लागि ५ करोड ६९ लाख ७७ हजार र फाइनान्स कम्पनिहरुका लागि १ करोड ८९ लाख ९२ हजार रुपैयाँ लगानीका लागि प्रस्ताव माग गरेको छ । सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेका, तोकिएको पुँजीकोष कायम रहेका र निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएका बैंक तथा फाइनान्स कम्पनिहरुले लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । प्रस्ताव पेश गर्ने बैंक तथा फाइनान्सको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमीक पुँजी अनुपात राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफामा रहेको र रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ ।  त्यस्तै, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको, बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको र सर्बसाधारणको लागि छुट्याईएको शेयर जारी गरीसकेको हुनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।