March 6th, 2020

बढेकै गतिमा घट्यो शेयर बजार, कारोबारमा पनि १२.९३ प्रतिशत गिरावट

बैंकिङ खबर । गत साता रेकर्डमाथि रेकर्ड बनाएको शेयर बजारको उत्साह यो साता कायम रहन सकेन । पाँच दिनको कारोबारमा शेयर बजार झन्डै दुई सय अंकले घटेको छ । गत साता झन्डै दुई सय अंकले बढेर १६३२.१७८६ अंकमा बन्द भएको बजार यो साता १४३५.७००८ अंकमा झरेर बन्द भएको छ ।

कारोबार रकम पनि गत साताको तुलनामा १२.९३ प्रतिशतले घटेको छ । साताभरमा १६ अर्ब २१ करोडको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोडको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार हुने कम्पनीहरुमा क्रमशः एनएमबि बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टीलरी, नविल बैंक, प्रभ’ बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र शिभम सिमेन्ट्स छन् ।

यो साता नेपाल टेलिकमको मार्केट क्यापिटलाइजेसन ९८ अर्ब ७० करोड पुगेको छ । यसबाहेक मार्केट क्यापिटलाइजेसनका आधारमा टपमा क्रमशः नविल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबि बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।

पाँच दिनमा ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै १८५७ कित्ता शेयर खरिदविक्री भएका छन् । त्यसपछि सूचिमा क्रमशः एनएमबि बैंक, प्रभु बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, कुमारी बैंक, एनसीसी बैंक र सिभिल बैंक छन् ।

त्यस्तै, नेपाल लाईफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै टघद्दछ पटक किनबेच भएका छन् । यसपछि सूचिमा क्रमशः एनएमबी बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, नविल बैंक, मेगा बैंक, गुराँस लाईफ इन्स्योरेन्स, प्रभु बैंक, एभरेष्ट बैंक र हिमालयन डिस्टीलरी छन् ।

यो साता सात वटा कम्पनीको शेयर नेप्सेमा कारोबारको लागि सूचिकृत भएको छ । एनएमबि लघुवित्तको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ भने सिद्धार्थ बैंकको ९० लाख एक हजार छ सय २६ दशमलव ०२ कित्ता, नविल बैंकको एक करोड आठ लाख ५६ हजार पाँच सय २० कित्ता, सबैको लघुवित्तको दुई लाख १४ हजार पाँच सय कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको पाँच लाख ३१ हजार तीन सय कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार पाँच सय आठ दशमलव ६४ कित्ता र ज्योति विकास बैंकको ३९ लाख ५२ हजार पाँच सय ४९ दशमलव १२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]