Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थानको विविध तालिम सम्पन्न

२०७६ फाल्गुन २१ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था तथा युके एड सक्षम एक्सेस टु फाईनान्स संगको सहकार्यमा “उर्जाको उत्पादनशील प्रयोगका लागि वित्तीय पहुँच विस्तार” नामक परियोजना संचालनका लागि फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यका साथ परियोजना कार्यक्षेत्र अन्र्तगतका पर्सा, चितवन, तनहुँ, नवलपुर, नवलपासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका १२ वडा शाखा कार्यालयमा कार्यरत ४७ जना शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई जलवायुअनुकुल उर्जा प्रविधिहरु तथा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम संस्थाका संचालक समितिका अध्यक्ष वावुराम विश्वकर्माको अध्यक्षतामा नवलपुरको पिप्रहर सामुदायिक होमस्टे मा फागुन १८ र १९ मा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष बावुरमा विश्वकर्माद्धारा औपचारिक उद्घाटन गरिएको कार्यक्रममा संस्थाका संचालक समितिका सदस्य एवम् लेखा समिति का संयोजक नरेन्द्र कडेंल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको उपस्थिती रहेको उक्त कार्यक्रममा उपस्थितीहरुलाई संस्थाद्धारा विकसित उर्जा कर्जाका विशेषता र यसका विभिन्न ९ वटा प्रविधिहरु ः– घरायसी तथा व्यवसायिक सुधारिएको चुलो, सोलार वाटर पम्प, वायो ग्याँस, सोलार वाटर हिटर, सोलार विद्युत प्रणाली, सोलार फ्रिज, सोलार ड्रायर, सोलार कुटानी पिसानी, ई–रिक्साहरु को प्राविधिक विषेशता,फाईदा, लागत, विक्री पछिका सेवाहरु तथा बजारिकरणका विषयमा घाम पावर नेपाल, हाइमेक अटोमेशन तथा ईन्जिनियरिङ्ग प्रा. लि., निलकमल वायो ग्याँस कम्पनीका प्रतिनिधीहरु तथा केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीह इन्द्र बराली र सन्तोष रसाइलीले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । साथै वित्तीय साक्षरताका विभिन्न विषयबस्तुहरु ः– पारिवारिक बजेट निर्माण, बचत, कर्जा, लघुउद्यम विकास, रेमिट्यान्स, लघु बीमा। सम्पत्ती सुद्धिकरण जस्ता विषयबस्तुहरुमा सहभागीहरुलाई संस्थाका बरिष्ठ अधिकृत इन्द्र बराली र अधिकृत सन्तोष रसाइलीले प्रशिक्षण गरेका थिए ।
संस्थाले यस अगावै युके एड सक्षम एक्सेस टु फाइनान्स संगको सहकार्यमा संस्थाको ७ वटा जिल्लाका २१ वटा शाखा कार्यालयहरुमा “उर्जाको उत्पादनशील प्रयोगका लागि ग्रामिण वित्तीय पहुँचमा अभिवृद्धी” नामक परियोजना संचालन गर्दै संस्थामा आवद्ध समुह सदस्यहरुका साना तथा मझौला लघुउद्यम तथा व्यवसायहरुमा उर्जा कर्जा नामक कर्जा शिर्षक विकास गरि यस कर्जा शिर्षक अन्र्तगतका विभिन्न ९ वटा जलवायुअनुकुल उर्जा प्रविधिहरु जस्तै ः व्यवसायिक प्रयोजन तथा घरायसी प्रयोजनका लागि सुधारिएको चुलो, वायो ग्याँस, सोलार विद्युत प्रणाली, सोलार वाटर पम्प, सोलार फ्रिज, सोलार वाटर हिटर, सोलार कुटानी पिसानी, सोलार ड्रायर, ई–रिक्साहरु जस्ता प्रविधिहरुमा सहुलियत दरमा कर्जा लगानी गरि समुह सदस्यहरुको नयाँ तथा विद्यमान व्यवसायलाई प्रवद्र्धन गरि उनिहरुको आम्दानीमा वृद्धीका लागि सहयोग गर्दै आईरहेको छ । साथै सदस्यहरुलाई वित्तीय साक्षरताको माध्यमद्धारा वित्तयि कारोबार तथा बैंकिङ्ग कारोबारमा विषयहरुमा निरन्तर प्रशिक्षण गर्दै आईरहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड ले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवाको पँहुच बाट बञ्चित करिब ४२,००० गरीव तथा विपन्न घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म संस्थाले समुह सदस्यहरुबाट करिव ४९ करोड बचत संकलन गरेको छ भने करिव १ अर्व ५३ करोड कर्जा लगानी रहेको छ ।

Ad