Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्तीय संस्थाबाट १० अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

admin २०७३ असार १९ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले आगामी बुधबार १० अर्ब रुपैयाँको ऋणपत्र विक्रि गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले बोलकबोलको माध्यमबाट एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ग विक्रि गर्न लागेको हो । उक्त ऋणपत्र वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनिहरुले खरिद गर्न सक्नेछन् । कम्तीमा १ करोड र बढीमा १० अर्ब(१ करोडले भाग गर्दा निशेष भाग जाने अंक) सम्मको रकमका लागि आवेदन दिन सकिनेछ । बोलकबोलको माध्यमबाट व्याजदर निर्धारण गरिने सो ऋणपत्रको सावा ०७४ असार २२ गते भुक्तानी हुनेछ । अर्धवार्षिक रुपमा व्याज दिइने र आर्जित व्याजमा व्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकारका लागि नेपाल राष्ट्र बैंकले समयसमयमा यस्तो ऋणपत्र जारी गर्ने गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।