तीन बीमा कम्पनीमा भ्याकेन्सी : अनुभव नभएकालाई पनि अवसर

बैंकिङ खबर । बीमा क्षेत्रमा करिअर बनाउन चाहनुहुन्छ भने यतिबेला तपाईँका लागि ठूलो अवसर छ । तीन वटा बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेका छन्, जसमा अनुभव नभएकाहरुलाई समेत अवसर छ ।

तपाईँसँग अनुभव छ भने नेशनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्समा विभिन्न पदमा आवेदन दिन सक्नुहुन्छ । नेशनल लाइफले प्रोभिन्स हेडका लागि पाँच वर्षको अनुभव भएको कर्मचारी मागेको छ भने ब्रान्च इन्चार्ज वा मार्केटिङका लागि दुई वर्षको अनुभव मागेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले मेनेजर वा एसिस्टेन्ट मेनेजर र सिनियर अफिसर वा अफिसरका लागि अनुभव अनुभवी उम्मेदवार मागेको छ ।

तपाईँसँग अनुभव छैन भने करिअरको सुरुवातका लागि पनि अवसर छ । नेशनल लाइफले ट्रनी एसिस्टेन्ट पदमा फ्रेस कर्मचारी नियुक्त गर्न खोजेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले मार्केटिङ एसिस्टेन्टका लागि अनुभव अनिवार्य गरेको छैन । यद्यपि, अनभव भएकालाइृ प्राथमिकता दिने भनिएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले १४ जना मेनेजमेन्ट ट्रेनी मागेको छ, जसका लागि अनुभव मागिएको छैन ।

त्यस्तै, नेको इन्स्योरेन्सले चार्टर्ड एकाउन्टेन्ट र जेटीए पनि मागेको छ । यी पदका लागि अनुभव नचाहिए पनि सम्बन्धित विषय अध्ययन गरेको हुनुपर्छ ।

आवेदन कसरी दिने ?
नेशनल लाइफमा एप्लाई गर्नका लागि फागुन २२ गतेभित्र आफ्नो वायोडाटा र पासपोर्ट साइजको फोटो पठाउनुपर्छ ।

नेको इन्स्योरेन्समा एप्लाई गर्ने हो भने फागुन २९ गतेभित्र इमेल गर्नुपर्छ ।

त्यस्तै, महालक्ष्मी लाइफमा एप्लाई गर्न फागुन २१ गतेभित्र इमेल गरिसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *