February 26th, 2020

निर्धन उत्थानको तालिम तथा अध्ययन भ्रमण कार्यक्रम

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले २०७६ फागुन १२ गते देखि १४ गते सम्म भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लामा जेठल शाखाका महिला स्वावलम्बी समूहका ४३ जना विपन्न महिलाहरुलाई तालिम तथा अध्ययन भ्रमण गराएको छ । ३ जनाप्रशिक्षकहरु हरि प्रसाद भगत, स्मिता कुमारी पाल र आस्था श्रेष्ठ मार्फत ब्यावसायिक तरकारी खेती तालिममा साथै आलुबाली विकास केन्द्र निगालेको अध्ययन भ्रमण समेत गराइएको थियो । तालिममा सहभागीहरुले ब्यावसायिक तरकारी खेती सम्बन्धी सीप सिक्नुका साथै बजारीकरण सम्बन्धि जानकारी समेत हासिल गरेका छन् ।
यस तालिमको समापन सत्रमा बोल्दै सहभागीहरुको तर्फबाट सिता सुन्दास र पासाङ्ग डोल्मा लामाले आयोजकहरुलाई धन्यवाद दिएका थिए । तालिमका सहभागीहरुले ब्यावसायिक रुपमा तरकारी खेतीसम्बन्धी सीप आफूहरुलाई ज्यादै लाभदायी हुने बताए ।
कार्यक्रमको समापन सत्रमा निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनजोले वि.सं. २०४७ मा डा. हरिहर देव पन्तको नेतृत्वमा स्थापित निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपाल कै पहिलो बिना धितो ऋण प्रवाह गर्ने लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ श्रावण १ गते देखि विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरी मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता तालिम, ब्यावसायीक तालिम तथा विभिन्न सेवामूलक र सचेतना मूलक कार्यक्रम संचालन गर्दै आईरहेको जानकारी गराउनु भयो । साथै सहभागी महिलाहरुलाई तालिममा हासिल गरेका सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो ।
समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड जेठल शाखाका प्रमुख बुद्धिलाल श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य मार्फत प्रशिक्षार्थीलाई तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो । साथै व्यवसाय संचालन तथा वृद्धि गर्न आवश्यक पूँजी निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले उपलब्ध गराउन सकिने जानकारी गराउनु भयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]