Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको पहिलो दिन सेयर बजारमा ऐतिहासिक कारोबार

२०७६ फाल्गुन ११ गते

बैंकिङ खबर । शेयर बजार परिसूचक नेप्सेले कारोबार रकममा आजसम्मकै ऐतिहासिक रेकर्ड बनाएको छ । लगातार उकालो लागीरहेको बजारमा आज नेप्सेले फेरी नयाँ इतिहास कायम गरेको हो । शेयर बजारमा आज अहिलेसम्मकै धेरै कारोबार भएको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्सेले ३ अर्ब ६० करोड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार गरेको छ ।
आज सेयर बजार परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ अंकमा गएर अडिएको छ । आज दिनभरमा ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँका ८७ लाख ६९ हजार कित्ता शेयर किनबेच भएका छन् ।

नेप्सेका अनुसार आज एनएमबी बैंकले १२ करोड ५६ लाख, नेपाल लाईफ इन्स्योरेन्सले ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्सले १० करोड ३७ लाख र हिमालय डिष्टिलरीले १० करोड ३४ लाख रुपैयाँ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहेका छन् ।

आज बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमूलक समूह ३८.६२, अन्य २४.६३ , लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र म्युचुअल फन्ड ०.२८ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु

नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु