February 22nd, 2020

बैंकास्योरेन्स के हो ? किन छ महत्व ?

बैंकिङ खबर । सामान्य अर्थमा भन्नुपर्दा बैंकास्योरेन्स भनेको कुनै पनि इन्स्योरेन्स कम्पनीको प्रोडक्ट बैंकमार्फत विक्री गर्नु हो । यसका लागि कुनै पनि बैंक र इन्स्योरेन्स कम्पनीबीच पहिले सम्झौता हुन्छ । सम्झौता पश्चात्, बैंकले उक्त बीमा कम्पनीको प्रोडक्स ग्राहकहरुलाई विक्री गर्ने गर्दछ ।

किन छ यसको महत्व ?
बैंकास्योरेन्स सम्झौताले दुबै पक्षलाई फाइदा पुग्छ । एकातर्फ, बैंकले इन्स्योरेन्स कम्पनीको तर्फबाट कमिसन प्राप्त गर्छ भने अर्कोतर्फ बीमा कम्पनीले आफ्नो व्यवसाय तथा नेटवर्क विस्तार गर्ने मौका पाउँछ । नेपालको सन्दर्भमा बैंकास्योरेन्स अझ बढी महत्वपूर्ण छ ।

बैंकहरु दुर्गम भेगसम्म विस्तारित भइरहँदा संचालन खर्च बढीरहेको छ । यस्तो अवस्थामा इन्स्योरेन्समार्फत थोरै भए पनि आम्दानी बढाउने अवसर प्राप्त भएको छ । त्यस्तै, बीमाको पहुँच वृद्धि हुन नसकिरहेको अवस्थामा गाउँगाउँसम्म पुगिरहेका बैंकमार्फत बीमा कम्पनीहरुले मुलुकभर आफ्नो व्यवसाय फैलाउने मौका पाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]