February 22nd, 2020

एसडिआर के हो ?

बैंकिङ खबर । एसडिआर भनेको बैंकको आफ्नो छुट्टै मुद्रा हो, जस्तै नेपाल राष्ट्र बैंकले रुपैयाँमा आफ्नो कारोबारको हिसाब किताब राख्ने गर्छ । एसडिआरको पुरा रुप स्पेशल ड्रइङ राइट हो । एसडिआरको मुल्यांकन गर्न अन्तराष्ट्रिय बैंकहरुले आफ्ना सदस्य राष्ट्रहरुको मुद्राको मुल्य र ती देशमा रहेको सुनचाँदी अवस्थाका साथै देशमा भएको विदेशी सञ्चित रकमको समेत अध्ययन गरेको हुन्छ ।

विभिन्न मुलुकहरु मिलेर स्थापना गरिएका अन्तराष्ट्रिय बैंकहरु जस्तै, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकले आफ्नो कारोबारको लेखा विभिन्न क्षेत्रीय मुद्राहरुजस्तो डलर,यूरो, पाउन्डमा राख्ने गरेका छन् । तर, यी मुद्रामा हुने उत्तार चढावले उनीहरुको हिसाब किताबमा ठुलो अन्तर हुने गर्दछ । त्यसैले यी अन्तराष्ट्रिय बैंकहरुले आफ्नो हिसाब खातामा एक रुपता ल्यान छुट्टै मुद्राको प्रतिपादन गर्छन् । त्यसलाई मूख्यतय स्पेशल ड्रइङ राइट भनिन्छ ।

एसडिआरको अवधारणा सबैभन्दा पहिले अन्तराष्ट्रिय मुद्रा कोषले ल्याएको हो । यसअघि विश्व बैंकले डलरमा आफ्नो सम्पुर्ण हिसाब किताब राख्थ्यो भने आइएमएफले पाउन्डमा राख्थ्यो । त्यसैगरी विश्व बैंकले डलर र जापनी ऐनमा राख्ने गर्दथे । जब आइएमएफले एसडिआरको अवधारणा ल्यायो त्यसपछि अन्य बैंकहरुले पनि यसको अनुसरण गर्न थाले ।

अन्तराष्ट्रिय बैंकहरुले निक्षेप राख्दा होस् वा ऋण दिँदा एसडिआरको मुल्यलाई ख्याल राख्छन् । अन्य विदेशी मुद्राको विनिमयदरले केही फरक पार्दैन् । यसले बैंकहरुको हिसाब किताबमा एक रुपता ल्याएको हुन्छ । जस्तै,आइएमएफले हामीलाई ऋण सहयोग गर्यो भने उसले हामीसँग दुई वटा मुद्रामा कारोबार गर्छ । पहिलो युरोमा र अर्को एसडिआरमा । तर, पछि ऋण भुक्तानी गर्दा पाउन्डमा भएको परिवर्तनलाई कुनै महत्व दिँदैन् । जति ऋण लिएको हो त्यति नै बराबरको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ । यसले बैंकको कारोबारमा एक रुपता ल्याउने गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]