Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

गुड फर पेमेन्ट चेक के हो ? कसरी हुन्छ भुक्तानी ?

admin २०७६ फाल्गुन ९ गते
सेयर:

बैंकिङ खबर । खातामा ईस्यूड रकम भएको र चेकमा लेखिएको रकम भुक्तानी गर्न सुनिश्चितता प्रदान गर्न भुक्तानी योग्य छ भनि सम्बन्धित बैंकले प्रमाणित गरेको चेकलाई गुड फर पेमेन्ट चेक भनिन्छ ।
यस्तो चेक बनाउनका लागि खातावालाले आफ्नो खातामा चेकमा जति चाहिने हो त्यति रकम बराबरको चेक काट्दछ । यस्तो चेकलाई बैंकले केहि शुल्क लिएर चेक पेमेन्ट गर्नु अघि सम्बन्धित ग्राहकको खाताबाट काटिएको चेक बराबरको रकम फ्रिज गरी बैंकले गुड फर पेमेन्ट भनी छाप लगाएर चेक उपलब्ध गराउँदछ । यस्तो चेक लिई आउनेलाई बैंकले दिइएको मितिमा भुक्तानी गर्नुपर्दछ ।

अरु चेकमा जस्तो गुड फर पेमेन्ट चेकमा भुक्तानी नहुने डर हुँदैन । किनकि, बैंकले यस्तो चेक जाँच गर्ने क्रममा नै खातामा मौज्दात भए नभएको, हस्ताक्षर वा मिति मिले नमिलेको, अंक र अक्षरमा फरक परे नपरेको लगायतका विषयमा यकिन गरिसकेको हुन्छ । यसर्थ, गुड फर पेमेन्ट चेकलाई वित्तीय कारोबारमा नगदसरह मान्यता र विश्वास गरिन्छ ।
अन्य चेक सटही गर्ने प्रक्रियासरह यस्तो चेकलाई सटही गर्न सकिन्छ । यस्तो चेकलाई बदर गर्नु परेमा बैंक तथा वित्तीय संस्थाको आ(आफ्नो आन्तरिक नियमअनुसार बदर गर्न सकिन्छ । सामान्यतयाः निवेदक स्वयंले गुड फर पेमेन्ट प्रमाणित गरेको चेक बैंक तथा वित्तीय संस्थामा पेश गरी बदर गराउन सक्दछन्। गुड फर पेमेन्ट चेक पेस नगरिएको वा हराएको अवस्थामा निवेदक र चेक जारी गरिएको व्यक्ति वा संस्थाको संयुक्त निवेदनको आधारमा चेक बदर गर्न सकिन्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।