Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

छ महिनामा ४४७ अर्ब रेमिट्यान्स भित्रियो

२०७६ फाल्गुन ७ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको छ महिनामा नेपालमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले बढी हो । रेमिट्यान्स बढेको देखिए तापनि रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने गत आर्थिक वर्षको तुलनामा ठूलो गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३०.२ प्रतिशतले बढेको थियो । त्यस्तै, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले बढेकोमा चालू आर्थिक वर्षमा १.३ प्रतिशतले मात्रै बढेको छ ।

यो अवधिमा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले बृद्धि भई पाँच खर्ब छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो ।

Ad