बैंकिङ खबर । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले अर्घ वार्षिक समिक्षा गोठि तथा धितो मुल्यांकन तालिम मिति २०७६ फाल्गुन ४ र ५ गते वित्तीय संस्थाको केन्द्रीय कार्यालय ईटहरी–१ मा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा धितो मुल्यांकनका लागि बाह्य प्रशिक्षकका रुपमा आउनुभएका कुमार तिम्सीनाले धितो कर्जा लगानी गर्दा नक्सा अनुसार जग्गाको मापन कसरी गर्ने, धितोका रुपमा ग्राहक सदस्यले दिएको नक्साका आधारमा जग्गा एकिन कसरी गर्ने, धितो कर्जाको मुल्यांकन लगायतका बारेमा जानकारी गराउनुभयो, साथै केन्द्रीय कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीना, सञ्चालन, अनुपालना तथा कर्जा विभागका विभागिय प्रमुख बिष्णुकान्त चौधरी, आन्तरिक लेखा परिक्षण विभागका विभागिय प्रमुख खगेन्द्र तिम्सीना, साथै लेखा तथा सुचना प्रविधि विभाग बाट राजेन्द्र पहाडी, सुस्मिता गौतम, आन्तरिक लेखा परिक्षण विभागका डिल्लीराम तिम्सीना, योजना तथा अनुगमन विभागका सोकेन्द्र कुमार राय, ललिता चौधरी, जनशक्ति विकास तथा सामान्य सेवा विभागका सजुमा खनाल तथा सुचना प्रविधि विभागका रिशभ मल्ल ठकुरीद्वारा संस्थाको अर्ध बार्षिक लक्ष्य प्रगती, भाखा नाघेको कर्जा र अन्य संस्थाको समसामयिक विषयमा प्रशिक्षण दिई २ दिने तालिम गोष्ठि सम्पन्न गरेको छ ।