बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चक्रघट्टी, सुनसरी तथा लुभु, ललितपुरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना ग्राहक सदस्य तथा अभिभावकको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम तथा विपन्न समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कार्यक्रममा प्रमुख आथितिका रुपमा रहनुभएका बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले वित्तीय संस्थाले लामो समयदेखि समुदायमा रहेका महिला दिदीवहिनीहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । कार्यक्रमका सभापति केन्द्र नं.५० की सदस्य तथा बराहक्षेत्र नगरपालिकाका कार्यपालिका सदस्य दिव्य कुमारी कार्कीले हालको प्रतिस्पर्धात्मक समयमा सदस्यले आवश्यक कर्जा लिएर सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता प्रकारका वित्तीय साक्षरता कार्यक्रमले समूहका सदस्य तथा अभिभावकलाई कर्जाको सहि सदुपयोग र सहि रुपमा बचत परिचालन गर्न ज्ञान उपलब्ध हुने बताउनुभयो ।
कार्यक्रममा श्री जनक मा.वि.का फरक क्षमता भएका १६ जना वालवालिकालाई वित्तीय संस्थाको लोगो अंकित
ट्रयाकसुट वितरण गरिएको थियो साथै शाखामा आवद्ध ग्राहक सदस्यका छोराछोरीमध्ये एसइइ परिक्षामा सबभन्दा बढी ग्रेड प्राप्त गर्ने १ जना छात्रलाई संस्थाको नियमानुसार छात्रबृत्ति प्रदान गरिएको थियो । २५० जना स्थानीयको सहभागीता रहेको कार्यक्रममा वित्तीय संस्थाका इलाका तथा शाखा कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
