बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लघुवित्त फिल्ड व्यवस्थापन सम्वन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । पोखरामा फागुन १ गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।
कार्यक्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्य, विभागीय प्रमुख विनोद पराजुली, लेखा अधिकृत ऋषभ सुवेदी तथा अनुगमन अधिकृत शम्सेर बहादुर नेपालीले कर्मचारीहरुलाई आफु कसरी फिल्डमा प्रस्तुत हुने ? सदस्यहरुलाई संस्था प्रति कसरी उत्प्रेरित गराई राख्ने ? भन्ने विषयमा कक्षाहरु संचालन गर्नुका साथै कार्यालयको दैनिक कृयाकलाप सरल, छिटो छरितो र त्रुटि रहित गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । यस क्रममा कर्मचारीहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले दक्ष कर्मचारीहरुको लघुवित्तमा भएको अवसरहरुको बारेमा जानकारी गराउँदै आफनो क्षमता,दक्षता अभिवृद्घि हुने गरि कार्य गर्न उत्प्रेरित गरेका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको दोस्रो त्रैमास सम्मको लक्ष्य र प्रगति तथा आउदो त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ४२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।