February 16th, 2020

लक्ष्मी लघुवित्तको बेमौसमी तरकारी खेती तालिम सम्पन्न

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुर जिल्लाको हर्नामाडी, शाखामा आवद्ध ३१ जना व्यवसाय उन्मुख ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ ।
उक्त तालिम फाल्गुन १ र २ गते गरी २ दिन सञ्चालन भएको थियो । मौसमी तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्देश्यले बेमौसमी तरकारी खेती तालिम आयोजना गरिएको थियो ।

तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, बेमौसमी तरकारी खेती प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बाली काजातहरुको छनोट, खेती प्रविधिमा परिवर्तन, विभिन्न रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्ट हार्भेष्ट प्रविधि, व्यवसायका समस्या र समधानका उपायहरु एवम् सफल उद्यमीमा हुनुपर्ने गुणहरुको बिषय बस्तुहरुमा चर्चा गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

साथै लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधासँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]