February 11th, 2020

मेरो माइक्रोफाइनान्सद्धारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छातापिपराले पर्साका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा १ देखि ३ कक्षासम्म अध्ययनरत ८० जना छात्रछात्राहरुलार्ई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त बिद्यालयका प्रद्यानाध्यापक निकु कमार चौरसिया र पर्सागढी माई नगरपालिका ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेती र ४ का वडाध्यक्ष समसुदिन देवान लगायतको सयुक्त रुपमा सो बिद्यालयका बालबालिकाहरुलाई झोला, पेन्सिल, कपि लगायत अन्य शैक्षिक साम्रागी बितरण गरेको हो । शैक्षिक सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पर्सागढी माई नगरपालिका ३ का वडाध्यक्ष उद्धव बहादुर उप्रेती आर्थिक अवस्था न्युन भएका बिद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन मिल्नुका साथै शैक्षिक स्तरमा समेत सहयोग पुग्ने बताए । त्यस्तै ४ का वडाध्यक्ष समसुदिन देवानले शैक्षिक सामाग्री बितरणले अधिकांश विपन्न समुदायका भएकाले बितरण कार्यक्रमले लाभ पुगेको बताउनुहुदै फाइनान्सलाई शुभकामना दिए ।
पढाई लेखाईमा सहयोग पुगोस् भन्ने हेतुले बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री बितरण गरिएको अनुगमन कार्यालय बाराका अनुगमन अधिकृत रामकिशोर प्रसाद कुश्वाहाले बताए ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदैआएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने जनाएको छ ।

मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५६ जिल्लामा ११० शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक सशक्तिकरण कृयाकलापमा सहयोग पुग्ने लक्ष्य सहित बिभिन्न लघुवित्तीय सेवा दिइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]