February 11th, 2020

“मेरो जिवनको आर्थिक सुधार छिमेक होे मुलआधार”

पिता टेक बहादुर थापा र आमा दिलमाया थापाको कोखबाट रुपदेन्ही जिल्लाको साविक करहियागा.बि.स ८ प्रगति चोकमा २०३८ फाल्गुण २९ गते जन्मिनु भएकी केश कुमारी थापाको बाल्यकालपनि परिवारको आर्थिक अवस्था कमजोर भएकोले त्यति सहज भएन । २०५७ मा १९ वर्षकै कलिलो उमेरमा रुपदेन्ही जिल्ला निवासी कुमार थापासँग बैवाहिक जीवनमा बाँधिए पश्चात जिन्दगीको कहाली लाग्दो यात्रा सुरु भयो ।
उनको बितेका समयका जिवनहरु आर्थिक तथा भौतिक अभावमा गुर्जि्ररहेको थियो । सासु, श्रीमान, श्रीमती र छोराहरु सहित ५ जनाको परिवारलाई दैनिक गुजारा चलाउन गा¥हो भईरहेको थियो । उनको सम्पत्तिको नाममा एउटा घडेरी बाहेक अन्य जग्गा जमिन नभएकोले अर्काको खेत, बारी अधिया गरेर दैनिकगुजारा चलाउदै आएकी थिईन । उनको श्रीमान काठको मिस्त्रीको रुपमा काम गर्ने र उनले पाउने दैनिक ज्यालाले राम्रोसँग दैनिक गुजारा चल्न सकेको थिएन । केश कुमारीसंग केहि उद्यम ब्यवसाय गर्ने भन्ने सोच रहेतापनि धितो राख्नको लागि प्रशस्त जेथा नभएको र साहु महाजनसंग चर्को ब्याजदरमा ऋणलिएर ब्यापार ब्यवसाय गरौ भने साहु महाजनले नपत्याउने भएकोले हातमा सिप भएतापनि पूँजीको अभाावले गर्दा उनले ब्यवसाय अगाडी बढाउन सकिनन् । जसको कारणले गर्दा उनले छोराहरुलाई स्कुलमा अध्यापन गराउन साथै बिरामी हुँदा औषधी उपचार गर्न समेत धौ धौ परेको थियो ।
चिन्तै चिन्ताले सताईरहेको अवस्थामा एउटा छिमेकी दिदीले उहाँलाई तिमीसंग हातमा सिप छ, विना धितो सामुहिक जमानीमा कर्जा उपलब्ध गराई महिलाहरुको जीवन स्तरमा आर्थिक र सामाजिक रुपमा सुधार उराउने उद्धेश्यले छिमेक लघुवित्त वित्तीय संस्थाले समुह जमानीमा कर्जा उपलब्ध गराउने जानकारी गराउनु भयो । छिमेकी दिदीले छिमेक लघुवित्तको समुह बनाउने र त्यस समुहमा आवद्ध गराई बिना धितो समुह जमानीमा कर्जा उपलब्ध गराउने भनेपछि उहाँको मनमा खुसीको सिमा रहेन । उंहाले घरमा गई श्रीमान्संग सल्लाह गर्नुभयो श्रीमान्ले पनि कर्जा लिई सहि सदुपयोग गर्दा किस्ता तिर्न सकिने भनी उत्प्रेरित गराएको उहाँलाई आजजस्तै लाग्छ । छिमेकीदिदीले समुहमा राख्दा केहि मानिसले यसले कसरी समयमा नै किस्ता तिर्छे पनि भन्न भ्याएता पनि केहि दिदिवहिनीहरुले उहाँको लगनसीलता, ईमान्दारीता र बिश्वसनीयता देखेर समुहमाआवद्ध गराउने निर्णय भयो । 
उहाँले समुहमा आवद्धभएपछि श्रीमान् काठको मिस्त्री भएकोले श्रीमानले गरेको कामको लागि केहि आधुनिक फर्निचर बनाउने मेसिन किन्ने भनीश्रीमान्सँग सर सल्लाहगरीे छिमेक लघुवित्तबाट शुरुमा १५,०००।(ऋण लिएर श्रीमानलाई फर्निचर बनाउने आधुनिक औजार खरिद गरेको र त्यो औजारबाट श्रीमान्लाई काम गर्न सजिलो भई किस्ता तिर्न सहज भएको थियो । त्यसपछि उहाँले क्रमशः २०,०००।, ४०,०००। र ६०,०००।( ऋण बढाउदै पटक पटक गरेर रु.१,२०,०००।(ऋण लिई आफ्नै फर्निचर ब्यवशाय शुरु गर्नुभयो । ब्यवसाय शुरु गरेपछि सधै श्रीमान श्रीमती भएर रात दिन खटेर फर्निचर ब्यवसाय अगाडी बढाउदै आत्मनिर्भर बन्दै गएको उहाँ अझै सम्झनुहुन्छ । उहाँका छोराहरुपनि हाल राम्रो स्कुलमा पढ्दैछन् । पहिला आफ्नो दुःखका कारणले गर्दा भोलि छोरालाई कुनै पनि दुःख नहोस भनेर उनीहरुको लालनपालनमा पनि कुनै कमी गर्नुभएको छैन । उहाँहरुले गरेको मिहिनेत र परिश्रमले उहाँहरुकोे प्रगति हुदै गयो । पहिलाको त्यो दिनलाई हेर्दा अहिले पनि कहाली लाग्ने उहाँ बताउनुहुन्छ । अहिले उहाँको ब्यवसायीको कमाईले चार नम्बरमा १२ धुर जग्गा रु.११,००,०००। (एघार लाख रुपैयामा) खरिद गरेर ६ कोठाको पक्की घर बनेको छ भने अरु ठाउँमा पनि घडेरीहरु रहेका छन् । हाल आफ्नै जग्गामा फर्निचर उद्योग संञ्चालन रहेको र फर्निचर सामानको स्टक नै २५ देखि ३० लाखसम्मको रहेको छ । अहिले १० देखि १२ जना कामदारहरुले त्यहाँ रोजगार पाएका छन् । राम्रो र गुणस्तर सामन दिएका कारणले पसलमा पुराना देखि नयाँ ग्राहक खोजिखोजि आउँने कुमार फर्निचरले सफलताको कथा बनाउन सफल भएको छ ।

केश कुमारी थापाको भनाई  : – “मैले ब्यवसायलाई अझ ब्यवस्थित बनाउनको लागि यस वित्तिय संस्थाबाट पटकपटक गरीे २४,००,०००।( (चौबिस लाख रुपैया) भन्दामाथि कर्जा लिएको छु । संस्थाले विना धितो रु.५,००,०००।( देखि धितो राखेर रु.७,००,०००।( सम्म ब्यवशाय गर्नको लागि ऋण चाहिएमा संस्थाबाट मैले पाईहाल्छु । म छिमेकको गोल्डेन सदस्य हुँ । मैले बुढेसकालको लागि भनेर रु.५,०००।( को पेन्सन बचत पनि खोलेको छु । हिजो मलाई नपत्याउने साहु महाजन पनि अहिले पैसा चाहिन्छ भन्दै मेरो दैलोमा आउछन् उनीहरुलाई हिजो मलाई त्यो अवस्थाबाट यो अवस्थासम्म ल्याउने छिमेक संस्था भएको र यसले मेरो सबै आवश्यता पुरा गरिदिन्छ भनि सम्झाएर पठाईदिन्छु । अत्यमा, वहाँ भन्नुहुन्छ मलाई छिमेकले लगाएको गुन नबिसर्ने म अन्य संस्थामा नरहेको कारणले गोल्डेन सदस्यमा परि आफ्नो आवश्यकता अनुसार कर्जा सुबिधा पाएको छु । आफुले लिएको कर्जा सहि सदुपयोग गरी लगनशिल एवं परिश्रमी बन्नुहोस् र दुःखमा नआत्तिन र सुखमा नमात्तिनु । आज म एउटा सफल ब्यबसायी बनाउन छिमेक लघुवित्तको नै मुख्य देन रहेकोमा धेरै धन्यबाद ।”

स्रोत  : बिष्णु बाबु पन्त
शाखा प्रबन्धक मंगलापुर शाखा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]