महिला सहयात्रा लघुवित्तको “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न

बैंकिङ खबर । मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको ग्लोबल अवार्डबाट सम्मानित महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर ४, ५ र ६ मा रहेका शाखा कार्यालयको ३६ जना सहायक स्तरका कर्मचारीहरुको सहभागितामा मिति २०७६ माघ २७ देखि २८ गते सम्म “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न भएको संस्थाका कम्पनी सचिब तथा जनशक्ति विभागका विभागीय प्रमुख कमल कुमार काफ्लेले जानकारी गराउनुभयो । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागि कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिनुभएको थियो ।
तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य, लघुवित्त कार्यक्रमको बर्तमान अवस्था, सहायक कर्मचारीको काम कर्तब्य, साथै “स्वच्छ र ईमान्दार कर्मचारी हाम्रो अभियान” उद्देश्य सहित संस्थाको कम्पनी सचिब कमल कुमार काफ्लेले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लघुवित्त ब्यबस्थापन, बचत तथा कर्जाको प्रोडक्ट, कर्जा विश्लेषण, धितो कर्जा मुल्यांकन तथा आधारहरु र कर्जा सम्बन्धी कैफियतहरु सुधारको बारेमा बिभागिय प्रमुख निराजन श्रेष्ठले सिकाउनु भएको थियो । शाखाको बिकास तथा राम्रो ब्यबस्थापन गर्न केन्द्र बैठक ब्यबस्थापन, संस्थागत संस्कार र कर्मचारी ब्यबहार सगं सम्बन्धित आबश्यक कुराहरु बिभागिय प्रमुख सुजीत खतिवडाले सिकाउनु भएको थियो । त्यस्तै गरि कर्जा जोखिम ब्यबस्थापन तथा कर्जा असुली सम्बन्धी आवश्यक कुराहरु शकंर थापा र सुचना प्रबिधि, ट्याबलेट बैकिङ कर्जा सुचना केन्द्रबाट लिने साख सुचनासगँ सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा सन्जीब मानन्धरले सिकाउनु भएको थियो ।
यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको बिभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको ब्यबस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको बिस्तार गरि आफ्नो शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिएको थियो ।